खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । 
"/>

2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विश्व हुलाक दिवस मनाइयो, ५ कर्मचारी सम्मानित


खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । 

हुलाक सेवामा उत्कृष्ट काम गनेरवापत अतिरिक्त हुलाक कार्यालय लक्ष्मीपुरका प्रतिनिधि विष्णु प्रसाद शर्मा, छायाक्षेत्रका प्रतिनिधि पोष्करी विष्ट, शिवरथ लौरावाङ्ग डाँक लाइनका हुलाकी शशीराम पुन, जिल्ला हुलाक कार्यालयकी हल्कारा हिमसरा शर्मा र जिल्ला हुलाक कार्यालयका खरिदार रेशम प्रकाश शर्मालाई सम्मान गरेको हो । 

१४२ औं विश्व हुलाक दिवसका अवसरमा बुधबार सल्यानमा भएको कार्यक्रममा उनिहरुलाई सम्मान गरिनुका साथै दिवशपनि मनाइएको छ । दिवशका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायधिस माधवेन्द्रराज रेग्मीले हुलाक संचारको क्षेत्रमा व्यापक भएको भन्दै यसको महत्व नयाँ अवस्थामा नयाँ ढंगले विस्तार गर्नुपर्ने बताएका छन । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले समाचार, खबर र बस्तु पुराउन बनाएको भरपर्दो माध्याम हलाकको महत्व झनै बढेको र यसको कार्यको समिक्षा सहित क्षेत्र विस्तारमा लाग्नुपर्ने बेला भएको बताएका छन । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले हुलाक र हुलाकीलाई सम्मान गर्ने हिजोदेखिको परिपाटीका कारण हुलाकको क्षेत्रमा काम गर्नेले हिनता हैन गर्व गर्नुपर्ने बताएका छन । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले राज्यले हुलाक सेवामा काम गर्नेलाई हेपेको भन्दै राज्यलाई सबै मिलेर झकझकाउने बेला भएको बताएका छन । कार्यक्रमलाई कर्मचारीको आधिकारी ट्रेड यूनियनका अध्यक्ष दिवाकर योगी, पत्रकार महासंघका कार्यवहाक सभापती सनत शर्मा र स्थानिय शान्ती समितिकी सचिव विष्णु शर्माले सम्बोधन गरेका थिए । 

कार्यक्रममा मंगलबार सम्पन्न भएको “वर्तमान सन्दर्भमा सूचना तथा संचारको महत्व” विषयक वक्तृत्वकलामा प्रथम हुने त्रिजउमावि लुहापिङ्गका छात्र सन्तोष केसी र बालशाखा मावि कजेरीकी विपना बुढाथोकीलाई नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै पुरस्कार प्रायोजन गर्ने कुमारी बैंक सल्यान शाखालाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा हुलाक अधिकृत धिरेन्द्र भण्डारीले हुलाक दिवशको इतिहासका  बारेमा जानकारी दिएका थिए । हरेक अक्टोबर ९मा हुलाक दिवस परेपनि त्यो दिन महाअष्ठमीको विदाको दिन परेकाले यो दिवश केन्द्रिय कार्यक्रम अनुसार नै बुधबार मनाईको उनले बताएका छन ।

हुलाक अधिकृत धिरेन्द्र भण्डारीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन पत्रकार डिल्लीराज रावतले गरेका थिए भने कार्यक्रममा सहभागिलाई एलिना बस्नेतले स्वागत गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने