२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

साहारा ग्याँस उद्योगको ठगी, प्रति सिलिण्डर सय ग्राम तौल कम

२ माघ २०७२, शनिबार १४:२८

LP-gas-cilinderमाघ २,
हेटौडा । साहारा ग्याँस उद्योग हेटौंडाले नाकाबन्दीको मौका छोपी ग्याँस भरिएका कम तौलका सिलिन्डर
बिक्रीका लागि बजारमा पठाउने गरेको खुलासा भएको छ । आज जिल्ला स्तरिय अनुगमन टोलीले गरेको अनुगमनका
क्रममा सिलिण्डरमा ७.१ किलो ग्याँस रहनुपर्नेमा ७ किलोमात्र ग्याँस भरेको फेला परेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडा संयोजक रहेको अनुगमन समितीले
उद्योगमा पुगेर परिक्षणका रुपमा आठ वटा सिलिन्डर तौलिएर हेर्दा चार वटा सिलिण्डरमात्र सही तौलको भएको
पाइएको हो । अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका सचिव बासु खतिवडाका अनुसार नमुनाका
रुपमा ८ वटा ग्याँस भरिएका सिलिण्डरको तौल परिक्षण गर्दा ४ वटामात्रै सही तौल हुनुले उद्योगले
उपभोक्तालाई प्रति सिलिण्डर सय ग्राम तौल ठगिरहेको बताउनुभयो । यस्तै, उद्योगमा हालसम्म के कति परिमाणमा
ग्याँस प्राप्त भयो र कति विक्री वितरण गरियो भन्ने तथ्याङ्क समेत लुकाएको छ । ‘अनुगमनका क्रममा
उद्योगमा प्राप्त ग्याँसको परिमाण र विक्री वितरण गरिएको तथ्याङ्क माग्दा समेत उद्योगले नदिनुले
कालोबजारी भइरहेको प्रष्ट भएको छ ।’उहाले भन्नुभयो ।

उद्योग
अनुगमनका क्रममा ग्याँसको परिमाण तौलने नौ वटा तराजुमध्ये ६ वटा तराजुमा प्रमाणिकरण समेत नभएको भेटिएको
छ । अनुगमनपछि तयार पारिएको मुचुल्कामा उद्योगमा कार्यरत कर्मचारीले आफू उद्योगको आधिकारिक व्यक्ति
नभएको भन्दै हस्ताक्षर नगरी आफूहरुलाई असहयोग गरेको अनुगमन समितीका संयोजक घरेलु तथा साना उद्योग
कार्यालय हेटौंडाका नन्देश्वर डङ्गोलले बताउनुभयो । निरिक्षण पछि तयार पारिएको मुचुल्का बुझ्न तथा
हस्ताक्षर गर्न उद्योगमा कार्यरत कर्मचारीले नमानेपछि सो मुचुल्का ग्याँस उद्योगको गेटमा आफूहरुले
टाँसिदिएको अनुगमन समितीले जनाएको छ । हेटौंडामा अचानक भेटिएका नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय
विरगञ्जका सहायक रामदेवप्रसादको समेते निरिक्षणमा सहभागिता रहेको थियो । अनुगमनमा सहभागी हुदै उहाले पनि
उद्योगमा रहेका सिलिण्डर मध्ये आधाजसोमा सयग्राम तौल कम भएको पाइएकोमा प्रतिकृया दिनुभयो । अनुगमनमा
जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायव सुब्बा मदनकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका
प्रहरी निरिक्षक डम्बर पुरी, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको समेत उपस्थिती
थियो ।

यसैबिच, उद्योगमा भित्रिएको परिमाणको ग्याँस सर्वसाधारण
उपभोक्तालाई नपठाई सहारा ग्याँस कालोबजारीमा सक्रिय बनेको पाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च
मकवानपुरले कारवाही माग गरेको छ । मञ्च अध्यक्ष अजय अधिकारीले उद्योगमा भित्रिएको ग्याँस बिक्री
वितरणबारे हालसम्म कुनै तथ्याङ्क नहुनु, कम तौल हुनु लगायतका कमजोरी उद्योगले गरेकाले प्रशासनले कडा
कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव