२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

१६ देशका वैज्ञानिकहरुको भेला पोखरामा

३ कार्तिक २०७३, बुधबार ०७:२६

कार्तिक ३, पोखरा । नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन् ।

अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका प्रयोग तथा अनुसन्धानबारे एकअर्कामा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनका संयोजक रामेश्वर अधिकारीका अनुसार नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, चीन, इटाली, चेक रिपब्लिक, स्विडेन, जापान, कोरिया, जर्मनी, दक्षिण अफ्रिका लगायतका देशबाट आएका एक सय ८० जना वैज्ञानिक पोखरामा छलफलमा सहभागी भएका हुन् ।

‘सोमबारदेखि सुरु भएको चारदिने सम्मेलनमा पदार्थ विज्ञानमा भइरहेका पछिल्ला अध्ययन–अनुसन्धान विषयमा गम्भीर छलफल प्रारम्भ भएको छ,’ उनले भने, ‘सम्बन्धित विज्ञले पदार्थ विज्ञानका सम्बन्धमा प्रयोगशालाबाट भइरहेका अनुसन्धानबारे जानकारी गराउनुहुनेछ, त्यसका अतिरिक्त परम्परागत जडीबुटी विज्ञान लगायतका विषयमा पनि छलफल गरिनेछ ।’

सम्मेलनमा न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा भइरहेका अनुसन्धानबारे कार्यपत्र प्रस्तुत भई त्यसमा छलफल गरिने उनले जानकारी दिए ।

नेपालमा पदार्थ विज्ञान विषयमा थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउँदै अधिकारीले अति सूक्ष्म पदार्थ प्रविधिका सम्बन्धमा पोखरा सम्मेलन लगत्तै अक्टोबर २२ मा चितवन र अक्टोबर २४ मा विराटनगरमा सम्बन्धित विषयका शिक्षकको सहभागितामा कार्यशाला गर्न लागिएको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव