2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

क्याम्पमा आगजनी गरेको आरोपमा मुद्धा चलाइएका ५ जनालाई सफाई

जीवराज बख्रेल । माघ ४, हेटौडा । मकवानपुर बहुमुखी क्याम्पमा आगजनी गरेको आरोपमा मुद्धा
चलाइएका ५ विद्यार्थीलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । जिल्ला न्यायाधिश नारायणप्रसाद पौडेलको
ईजलासले आज सोमबार विद्यार्थीहरु अमृत बर्तौला, गिरिजा अधिकारी, राकेश महर्जन, हेमबहानुर थिङ र श्रवण
बर्तौलालाई सफाई दिएको हो ।

उनीहरुले क्याम्पस प्रमुख डोरमणी
पौडेलको कार्यकक्षमा आगजनी गरेको आरोपमा क्याम्पस प्रशासनले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनीहरु
बिरुद्ध सार्बजनिक अपराध ऐन अन्र्तत मुद्धा चलाएको थियो । प्रहरीले दावी गरेअनुसार प्रमाण नदेखिकाले
अरोपित विद्यार्थीहरुलाई सफाई दिएको अदालतले जनाएको छ । विद्यार्थीहरुको तर्फबाट अधिवक्ता केशव गौतमले
बहस गरेका थिए ।

क्याम्पस अध्यक्ष पौडेलको कार्यकक्षमा तीन
महिना अघि अगलागी भएको थियो । सफाई पाएकामध्ये महर्जन राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनका नेता
हुन् भने अन्य सबै नयाँ शक्ति निर्माण अभियानका अभियान्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो