१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आमभञ्ज्याङमा बाल सञ्जाल गठन

४ माघ २०७२, सोमबार १४:३५

जीवराज बख्रेल । माघ ४, हेटौडा ।
मकवानपुरको आमभञ्ज्याङ गाविसमा वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ । गाविसलाई बालमैत्री गाविस घोषणा
गर्ने उद्देश्यले सोमबार आमभञ्ज्याङ· गाविस वडा नं. ३ मा वडास्तरीय बालक्लब सञ्जाल गठन तथा अभिमुखिकरण
कार्यक्रम सम्पन्न भएको हो ।

गाविसका ९ वटै वडामा बालक्लब गठन गर्ने गरी ‘हामी सक्छौ नेपाल’,
‘महिला एकता सार्थक समाज’ र ‘महिला सशक्तीकरण तथा गरिवी निवारण समूह नेपाल’ले संयुक्त रुपमा वडास्तरीय
बालक्लब सञ्जाल गठन गरेको हो । यसअघि आमभञ्ज्याङ वडा न. ६ मा बाल क्लब गठन गरिएको थियो । संस्थाले
सोमबार आमभञ्ज्याङ गाविस भवनमा भएको वडास्तरीय बालबालिकाको भेलाले ११ सदस्यीय बाल क्लब गठन गरेको हो
।नवगठित बाल क्लबको अध्यक्षमा निराजन फुयाल चयन भएका छन् । क्लब उपाध्यक्षमा राजु मोक्तान, सचिवमा
कृतिका दंगाल, सह–सचिवमा सुशीला लम्साल र कोषाध्यक्षमा मन्दिप पुडासैनी चयन भएका हुन् । कार्यक्रममा बाल
क्लब गठनको उद्देश्य तथा काम कर्तव्य, महत्व, आवश्यकता तथा बालबालिका परिचालन र बाल अधिकारका विषयमा
अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरणमा कार्यक्रममा ‘हामी सक्छौं नेपाल’का अध्यक्ष शिवहरि दाहाल, महिला
सशक्तीकरण तथा गरिवी निवारण समूहका अध्यक्ष इन्दिरा न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

समूहकी
अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा वडा नागरिक मञ्चका संयोजक रामशरण धितालको प्रमुख आतिथ्यतामा
कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी निवर्तमान अध्यक्ष जीतबहादुर घिमिरे, शारदा
उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगाल, प्रधानाध्यापक निरबहादुर खड्का, वडा नागरिक
मञ्चका सहसंयोजक इन्द्रजीत देवकोटा, विद्यालयका शिक्षक इन्द्रप्रसाद सञ्जेल, चन्द्रलाल महर्जन लगायतले
मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव