2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आमभञ्ज्याङमा बाल सञ्जाल गठन

जीवराज बख्रेल । माघ ४, हेटौडा ।
मकवानपुरको आमभञ्ज्याङ गाविसमा वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको छ । गाविसलाई बालमैत्री गाविस घोषणा
गर्ने उद्देश्यले सोमबार आमभञ्ज्याङ· गाविस वडा नं. ३ मा वडास्तरीय बालक्लब सञ्जाल गठन तथा अभिमुखिकरण
कार्यक्रम सम्पन्न भएको हो ।

गाविसका ९ वटै वडामा बालक्लब गठन गर्ने गरी ‘हामी सक्छौ नेपाल’,
‘महिला एकता सार्थक समाज’ र ‘महिला सशक्तीकरण तथा गरिवी निवारण समूह नेपाल’ले संयुक्त रुपमा वडास्तरीय
बालक्लब सञ्जाल गठन गरेको हो । यसअघि आमभञ्ज्याङ वडा न. ६ मा बाल क्लब गठन गरिएको थियो । संस्थाले
सोमबार आमभञ्ज्याङ गाविस भवनमा भएको वडास्तरीय बालबालिकाको भेलाले ११ सदस्यीय बाल क्लब गठन गरेको हो
।नवगठित बाल क्लबको अध्यक्षमा निराजन फुयाल चयन भएका छन् । क्लब उपाध्यक्षमा राजु मोक्तान, सचिवमा
कृतिका दंगाल, सह–सचिवमा सुशीला लम्साल र कोषाध्यक्षमा मन्दिप पुडासैनी चयन भएका हुन् । कार्यक्रममा बाल
क्लब गठनको उद्देश्य तथा काम कर्तव्य, महत्व, आवश्यकता तथा बालबालिका परिचालन र बाल अधिकारका विषयमा
अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरणमा कार्यक्रममा ‘हामी सक्छौं नेपाल’का अध्यक्ष शिवहरि दाहाल, महिला
सशक्तीकरण तथा गरिवी निवारण समूहका अध्यक्ष इन्दिरा न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

समूहकी
अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा वडा नागरिक मञ्चका संयोजक रामशरण धितालको प्रमुख आतिथ्यतामा
कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी निवर्तमान अध्यक्ष जीतबहादुर घिमिरे, शारदा
उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु दंगाल, प्रधानाध्यापक निरबहादुर खड्का, वडा नागरिक
मञ्चका सहसंयोजक इन्द्रजीत देवकोटा, विद्यालयका शिक्षक इन्द्रप्रसाद सञ्जेल, चन्द्रलाल महर्जन लगायतले
मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो