Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

उपचार नपाएर अस्पतालमै कुहिए विरामी, मानव सेवा आश्रम हेटौडाले लियो उपचार सहितको जिम्मेवारी

२०७३, ३ कार्तिक बुधबार १६:४२

कार्तिक ३ हेटौडा

प्रहरीले उद्धार गरी हेटौडा अस्पतालको जिम्मा लगाएका एक बेवारिसे बिरामीको अवस्था दयनिय वनेको पाइएको छ । दुई साता अघि प्रहरीले मानसिक अवस्था कमजोर रहेका ती बिरामीलाई उद्धार गरी हेटौँडा अस्पतालको जिम्मा लगाएको थियो । अस्पताल ल्याइएको दुई सातापछि पनि उनको उपचारमा अस्पतालले चासो नदेखाए पछि  लियो क्लव अफ हेटौडा भुटनदेविको पहलमा उद्धार भएको छ। मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको मुख्य भवनको दोस्रो तल्लास्थित एउटा कुनामा उनी असाध्यै गन्हाईरहेको अवस्थामा भेटिएका हुन् ।

ती बिरामी रहेको स्थान वरिपरिबाट अन्य बिरामीहरु अन्यत्रै सारिएको देखे पछि युवाहरु सहित उनको अवस्था बुझ्न गएका निमित्त प्रमुख जिल्ला अधिकारी हरि पन्तको निर्देशनमा मानव सेवा आश्रम हेटौडाले उपचार सहितको जिम्मेवारी लिएर हेटौडा अस्पतालमा उनलाई बेडमा राखेर उपचार गर्न थाले छ ।

बिरामीको नियमित उपचार र रेखदेख नहुँदा अवस्था बिग्रदै गएको पाइएको क्लवका सदस्य जिबराज बख्रेलले बताउनुभयो । रेखदेख गर्ने मान्छेको अभावमा उपचारमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ । गरिबी उपचार कोषबाट उनको उपचार गरिरहेका बताउँदै अस्पतालका मेसु सर्वेश शर्माले बिरामीको मानसिक अवस्था समेत कमजोर रहेकाले अत्यन्तै निगरानिमा राखेर उपचार गर्नुपर्ने बताउनुभयो । मकवानपुर प्रहरीले उनको आफन्तजन खोजिकार्य गरिरहेपनि अहिलेम्म पत्ता नलागेको जनाएको छ । मानिस हराएको बारे प्राप्त निवेदनहरु अध्ययन गर्दै उनको आफन्त खोज्ने काम गरिरहेको मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताउनुभयो । 

उपचारमा तपाँइ पनि सहयोग गर्न चाहानुहुन्छ भने ९८४५६७९६४८ मा सम्पर्क गर्न सक्नुहुने छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै