१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भूकम्पपीडितहरुद्वारा वडा कार्यालयमा दबाब

४ माघ २०७२, सोमबार १४:३५

जीवराज बख्रेल । माघ ४, हेटौडा । तथ्यांक सच्याउन
माग गर्दै निबेदन दिएको ६ महिना वित्दा पनि वडा कार्यालयले वास्ता नगरेपछि थाहानगरपालिस्थित
बज्रवाराहीका बास्तविक भूकम्पपीडितहरुले वडा कार्यालयमा भेला भएर दबाब दिएका छन् ।

भूकम्पपीडितहरुको तथ्यांक संकलन र राहत वितरणमा मनोमानी भएको भन्दै तथ्यांक
संकलन र अनुगमनका लागि नयाँ टोली ल्याउन माग गर्दै दबाब दिएका हुन् । दबाब दिन ११ देखि १५ वडा सम्मका
वास्तविक पीडितहरु भेला भएका थिए । उनीहरुले नयाँ टोली ल्याउन जति ढिलो गर्यो त्यति नै सरकारी राहत
दुरुपयोग हुने र आफूहरु वास्तविक पीडित थप मारमा पर्ने भन्दै सकभर छिटो तथ्यांक संकलनका लागि नयाँ टोली
ल्याउन माग गरेका छन ।दबाब दिन पुगेका पापुङका स्थानीय टेकमान गोपालीले आफ्नो आँखै अगाडि बास्तविक
पीडितले राहत नपाएको र नक्कली भूकम्पपीडितहरुले राहत पाएकाले अनुगमनको माग गरेको वताउनु भयो । “वास्तविक
पीडितको तथ्यांक नै छुटेको छ तर घर केही नभएकाहरुले धमाधम सरकारी राहत लिईरहेका छन्, त्यसैले नयाँ टोली
ल्याउन माग गरेका हौं ।” गोपालीले भन्नु भयो । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्ने तयारी
समेत गरेका छन् । वडा नम्वर १४ का संयोजक कल्पना बलामीले पनि राहत वितरणमा चरम मनोमानी भएकाले स्थानीय
प्रशासनले नयाँ टोली पठाउन ढिलाई गर्न नहुने वताउनु भयो ।

बज्रवाराही वडा कार्यालयमा करिव ६ महिना अगाडि नै पुनः तथ्यांक संकलनको माग गर्दै तीन सय जना
भन्दा बढीले निवेदन दिएका थिए । तथ्यांक संकलनमा आउने कर्मचारीहरुको हेल्चेक्राईले थुप्रैको नाम र थर
गलत लेखिएका कारण उनीहरु सरकारी राहत पाउनबाट वञ्चित भएका छन् । कतिपयको भत्किएको घर आंशिक सूचिमा
राखिएका छन भने कतिपयको सूचिमै छैन । सरकारी नियम अनुसार एउटा घरलाई एक पीडित मानेर राहत दिईने भएता पनि
यहाँ एउटै घरलाई तीन जनाको नाममा कार्ड बनाएर राहत लिएको समेत भेटिएको थियो । यहा पाँच वटा वडामा गरी
२३३ जना नक्कली घर धनीले राहत लिईरहेको भेटिएको हो ।

थाहा
नगरपालिकाको तथ्यांक अनुसार यस क्षेत्रमा जम्मा १६ सय धरधुरी रहेकोमा भूकम्पपीडितको तथ्यांकमा १८३३
घरधुरी देखिएका हुन् । थाहा नगरको ५ वटा वडाको संयुक्त वडा कार्यालय बज्रवाराहीका सचिव गौतम सिंह
वस्तीले आफू नयाँ नियुक्ती भएर आएकाले यथार्थ बुझ्न समय लागेको र स्थानीयको समस्या सम्बोधनको पहल गर्ने
वताउनु भयो । थाहानगरपालिका कार्यालयले भने भूकम्पपीडितको काम कारवाही जिल्ला दैवी प्रकोप समितीले
हेर्ने भन्दै वास्तविक भूकम्पपीडितको पीडाप्रति चासो दिएका छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव