२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लामो समयको कलहपछि पवन र सुम्निमा डिभोर्सका लागि तयार, मुद्दा दर्ताको तयारी

२०८०, १७ फाल्गुन बिहीबार ११:५१

फागुन १७, काठमाडौं | लामो समयको आपसी कलहपछि हाँस्य कलाकार पवन खतिवडा 'म्याकुरी' र सुम्निमाको वैवाहिक सम्बन्ध विघटन हुने भएको छ । 

पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् । आफूलाई कानूनीरुपमा पन्छाएर पवनले अर्को विहेको बाटो खोल्न खोजेको उनको आरोप थियो । केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास गरेका थिए । तर, अहिले उनीहरू दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने सहमति गरेका हुन् ।


निकट स्रोतका अनुसार, आइतबार उनीहरूको डिभोर्स केस जिल्ला अदालत काठमाडौंमा पेस हुँदैछ । पवन आज वकिल लिएर जिल्ला अदालत पुगेका थिए । केही अपुग कागज आइतबार तयार गरेर अदालतमा मुद्दा अघि बढ्ने छ ।

पवन र सुम्निमाबीच सम्पत्तिको बाँडफाँटको विषयमा कुरा मिलेको छैन । सम्पत्तिको बाँडफाँड अदालतले नै निरोपण गर्नेगरी उनीहरु मुद्दामा जान सहमत भएका हुन् । 

सुम्निमा र पवनको विवाह २०७८ साल असोज १८ गते भएको थियो । दुई वर्ष प्रेमसम्बन्धमा रहेपछि उनीहरुले औपचारिक तवरबाट विवाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह