लामो समयको कलहपछि पवन र सुम्निमा डिभोर्सका लागि तयार, मुद्दा दर्ताको तयारी

Posted on: 29 Feb, 2024

फागुन १७, काठमाडौं | लामो समयको आपसी कलहपछि हाँस्य कलाकार पवन खतिवडा 'म्याकुरी' र सुम्निमाको वैवाहिक सम्बन्ध विघटन हुने भएको छ । 

पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् । आफूलाई कानूनीरुपमा पन्छाएर पवनले अर्को विहेको बाटो खोल्न खोजेको उनको आरोप थियो । केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास गरेका थिए । तर, अहिले उनीहरू दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने सहमति गरेका हुन् ।


निकट स्रोतका अनुसार, आइतबार उनीहरूको डिभोर्स केस जिल्ला अदालत काठमाडौंमा पेस हुँदैछ । पवन आज वकिल लिएर जिल्ला अदालत पुगेका थिए । केही अपुग कागज आइतबार तयार गरेर अदालतमा मुद्दा अघि बढ्ने छ ।

पवन र सुम्निमाबीच सम्पत्तिको बाँडफाँटको विषयमा कुरा मिलेको छैन । सम्पत्तिको बाँडफाँड अदालतले नै निरोपण गर्नेगरी उनीहरु मुद्दामा जान सहमत भएका हुन् । 

सुम्निमा र पवनको विवाह २०७८ साल असोज १८ गते भएको थियो । दुई वर्ष प्रेमसम्बन्धमा रहेपछि उनीहरुले औपचारिक तवरबाट विवाह गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!