२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेती बाँध खोलेर खोज्दा पनि भेटिएनन् मानबहादुर

२०८०, १७ फाल्गुन बिहीबार १२:०३

फागुन १७, कास्की | माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दीपमा रहेको सेती सिंचाइ बाँध बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म खोलिएको थियो ।


‘बाँध खोलेर बहाव बढ्दा कहींकतै केही भेटिन्छ कि भन्ने थियो । तर, साँझसम्म खोजी गर्दा पनि केही भेटिएन’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘अहिलेलाई बाँध बन्द गरेका छौं । खोजी कार्य जारी नै छ ।’

दिनदिनै सेती बाँध खोल्न समस्या हुने र सम्भव पनि नभएकाले शुक्रबार भने बाँध नखोलिने प्रहरी निरीक्षक रानाले जानकारी दिए । ‘अब भोलि (शुक्रबार) स्थानीय र लोकल प्रहरीले खोजी कार्य जारी राख्नुहुन्छ’, उनले भने ।

तामाङ सम्पर्कविहीन भएको भोलिपल्ट फागुन १४ गतेबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि फेला नपरेपछि सेती बाँध खोलिएको थियो । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा १४ गते पोखरा १, कसेरीका गंगा तामाङ मृत फेला परेका थिए ।

सँगै माछा मार्न गएका तीन जनाको सकुशलै उद्धार हुँदा तामाङको अवस्था भने अहिलेसम्म अज्ञात छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई