2026-07-25 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केयर नेपालको हरियो बन कार्यक्रमको बैठक सम्पन्न

माघ ७, मकवानपुर
। केयर नेपालको हरियो बन कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समिति मकवानपुरको बैठक आज हेटौँडामा
भएको छ । कार्यक्रममा गतबर्ष सञ्चालित हरियो बन कार्यक्रमको समिक्षा गरि चालु आर्थिक बर्षको प्रगति
बिबरण जानकारी गराईएको थियो । कार्यक्रममा केयर नेपाल हरियो बन कार्यक्रमका जलवायु परिवर्तन अनुकुलन
बिशेषज्ञ बालकृष्ण जमरकट्टेलले हरियो बन कार्यक्रमको परिचय र उदेश्य तथा मकवानपुर क्लष्टर फिल्ड संयोजक
सन्दीप शर्माले मकवानपुरमा सञ्चालित हरियो बन कार्यक्रमबारे जानकारी गराउँनु भएको थियो ।

कार्यक्रम जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् जिल्ला बिकास
समिति मकवानपुरका स्थानीय बिकास अधिकारी लक्ष्मण बिक्रम थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा
महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख महिला बिकास अधिकृत शोभा शाह, जिल्ला बन कार्यालय
मकवानपुरका जिल्ला बन अधिकृत राजेन्द्र न्यौपाने, जिल्ला बिकास समिति मकवानपुरका सामाजिक बिकास अधिकृत
रामकृष्ण थापा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बिकास समितिको कार्यालय
मकवानपुरका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत किशान न्यौपाने, जिल्ला भु–संरक्षण कार्यालयका बामदेव
ढकाल, जिल्ला कृषि बिकास कार्यालयका योजना अधिकृत सुजन कँडेल, गैरसरकारी संस्था महासंघ मकवानपुरका
अध्यक्ष कृष्ण धिताल, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तान, नारीसिप
सृजना केन्द्रकी अध्यक्ष उमा सुवेदी लगाएतको सहभागिता रहेको थियो ।

मकवानपुरको हेटौँडाको बसामाडी, चुरियामाई, नेवारपानी तथा मनहरी र हाँडिखोला गाबिसमा हरियो बन
कार्यक्रम सञ्चालित छ । अमेरिकी बिकास नियोग यूएसएआईडीको आर्थिक सहयोगमा सञ्चालित हरियो बन कार्यक्रम
मकवानपुरमा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुर र नारीसिप सृजना केन्द्रबाट कार्यान्वयन हुँदै आएको छ
। हरियो बन कार्यक्रमको मुख्य उदेश्य जैविक विविधता संरक्षण, दिगो भु–परिधि व्यबस्थापन, जलवायु परिवर्तन
अनुकुलन लगाएत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक