2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

तालिम लिएकालाई सिलाई मेसिन निशुल्क

माघ ७, मकवानपुर । नारी संरक्षण केन्द्र हेटौंडाले प्रदान गरेको ६ महिने शिपमूलक सिलाई कटाई
तालिम लिएका १३ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । तालिम समापनका अवसरमा आज सिलाई मेसीन सहयोग
गरिएको केन्द्रका उपाध्यक्ष दीपा राईले बताउनुभयो ।

सिलाई कटाई
तालिममा मकवानपुरको हेटौंडा उपमहानगर तथा विभिन्न गाउँका विपन्न महिलाहरुको सहभागिता थियो । कार्यक्रममा
कार्यक्रम संयोजक राम मिजार, अमेरिकीन स्वयम्सेवक जेनीफर स्चाउर, संस्थाका लेखापाल प्रतिकला देव लगायतको
आतिथ्यता रहेको थियो । तालिम लिएका दुई जनाका लागि टेलर्स सञ्चालनका लागि ५० प्रतिशत लगानी समेत
गरिदिएको छ । केन्द्रको आयोजनामा आजैबाट ६ महिने सिलाइ कलाई सम्बन्धि अर्को तालिम पनि सुरु गरेको छ ।
तालिममा हेटौंडा तथा मकवानपुरका विभिन्न क्षेत्रका आर्थिक रुपमा विपन्न महिलाहरुको सहभागिता रहेको छ ।
केन्द्रले हालसम्म ८० जना विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सिलाइ कटाई तालिम प्रदान गरेको छ

संस्थाले सर्कसबाट फर्किएका, एचआइभी प्रभावित, विपन्न
अवस्थाका महिलाहरुका लागि शिपमुलक तालिम प्रदान गर्दै आइरहेको छ । यस्तै, २५ जना बालबालिकालाई आवाससहित
संरक्षण प्रदान गरिरहेको छ भने २० जना अन्य बालबालिकालाई अध्ययनका लागि सहयोग गरिरहेको केन्द्रका
उपाध्यक्ष राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल