१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन तस्करीमा जोडिएका आठ जना भारतीय पक्राउ

२७ फाल्गुन २०८०, आईतवार ११:३९

फागुन २७, काठमाडौँ | सुन तस्करीमा जोडिएको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

राजश्व अनुसन्धान विभागले गत १८ फागुनमै भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। तस्करी भई आएको सुन भारतसम्म पुर्‍याउने गिरोहमध्येका ८ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरिएको विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले पनि पुष्टि गरेका छन्।

‘शंकास्पद गतिविधि गरिरहेका केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ’, महानिर्देशक ढुङ्गानाले भने।

काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने बर्ष ४४ का अमिरूदिनले भाडामा लिएको र  सो घरमा बसेका उनीहरुलाई विभागको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिकहरू दिल्ली पश्चिम बिहार घर भएका बर्ष २३ का धुब्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका बर्ष २५ का प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका बर्ष २२ का रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका बर्ष २३ दिपान्सु शर्मा  लगायतका रहेका छन्।

विभागले उनीहरूको मोबाइल लगायतका सामाग्रीहरू परीक्षणका लागि पठाइएको छ। पक्राउ पर्नेहरू सुन तस्करीमा मुद्दा खेपिरहेका विमल पोद्धारसँग जोडिएको स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड