२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

फरार अपराधी नौ वर्षपछि पक्राउ

२०७३, ५ कार्तिक शुक्रबार ०७:५९

कात्तिक ५, म्याग्दी । चोरी मुद्दामा अदालतवाट दोषि ठहर भई फरार रहेका एक जनालाई प्रहरीले नौ बर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिख– ८ का ४२ वर्षीय कमलबहादुर खड्का रहेको छ । खड्कालाई बिहीबार म्याग्दी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । 

पुनरावेदन अदालत बागलुङले २०६४ साउन २९ गते खड्कालाई पाँचवर्ष ९ महिना २८ दिन कैद सजाय र रु ३९ हजार नगद जरिवाना तिराउने फैसला गरेको थियो । अदालतबाट दोषी ठहर भएका खड्का प्रहरीको फरार सूचीमा थिए । 

यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका कुइनेमङ्गले– ४ का २३ वर्षीय यामबहादुर गर्बुजालाई पनि प्रहरीले बिहीबार पक्राउ गरी अदालत बुझाएको प्रनाउ खड्काले जानकारी दिनुभयो । 

अदालतले गरेको फैसलाअनुसार गर्बुजाबाट रु पाँच हजार जरिवाना असुल उपर गर्न बाँकी थियो । 

अदालतले गरेका फैसला कार्यान्वयनका लागि प्रहरीले फरार रहेकाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । गत साउनयता अदालतवाट दोषी ठहर भएका दशजनालाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

म्याग्दी जिल्ला अदालतबाट विभिन्न समयमा भएको फैसला अनुसार गत आर्थिक वर्षसम्ममा आठ सय पाँच वर्ष १० महिना २० दिन कैद र रु ६७ लाख ६५ हजार २७५ जरिवाना असुल उपर गर्न बाँकी रहेको थियो । 

गत आर्थिक वर्षमा १५ वर्ष छ महिना २२ दिन कैद र रु चार लाख ४१ हजार ४६७ जरिवाना असुल भएकोे म्याग्दी जिल्ला अदालतले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने