८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

फरार अपराधी नौ वर्षपछि पक्राउ

५ कार्तिक २०७३, शुक्रबार ०७:५९

कात्तिक ५, म्याग्दी । चोरी मुद्दामा अदालतवाट दोषि ठहर भई फरार रहेका एक जनालाई प्रहरीले नौ बर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिख– ८ का ४२ वर्षीय कमलबहादुर खड्का रहेको छ । खड्कालाई बिहीबार म्याग्दी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । 

पुनरावेदन अदालत बागलुङले २०६४ साउन २९ गते खड्कालाई पाँचवर्ष ९ महिना २८ दिन कैद सजाय र रु ३९ हजार नगद जरिवाना तिराउने फैसला गरेको थियो । अदालतबाट दोषी ठहर भएका खड्का प्रहरीको फरार सूचीमा थिए । 

यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका कुइनेमङ्गले– ४ का २३ वर्षीय यामबहादुर गर्बुजालाई पनि प्रहरीले बिहीबार पक्राउ गरी अदालत बुझाएको प्रनाउ खड्काले जानकारी दिनुभयो । 

अदालतले गरेको फैसलाअनुसार गर्बुजाबाट रु पाँच हजार जरिवाना असुल उपर गर्न बाँकी थियो । 

अदालतले गरेका फैसला कार्यान्वयनका लागि प्रहरीले फरार रहेकाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । गत साउनयता अदालतवाट दोषी ठहर भएका दशजनालाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

म्याग्दी जिल्ला अदालतबाट विभिन्न समयमा भएको फैसला अनुसार गत आर्थिक वर्षसम्ममा आठ सय पाँच वर्ष १० महिना २० दिन कैद र रु ६७ लाख ६५ हजार २७५ जरिवाना असुल उपर गर्न बाँकी रहेको थियो । 

गत आर्थिक वर्षमा १५ वर्ष छ महिना २२ दिन कैद र रु चार लाख ४१ हजार ४६७ जरिवाना असुल भएकोे म्याग्दी जिल्ला अदालतले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता