२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

२०८०, ३ चैत्र शनिबार ०३:२४

चैत ३, काठमाडौ | ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । 

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ कमलपोखरी इकाइ समिति र स्वास्थ्य कार्यालय काठमाडौले सयुक्त रुपमा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एक दिवसीय अभिमुखिकरण तालिममा उनीहरुले सुरक्षा र स्वास्थ्य सम्वन्धी जानकारी दिनुपर्ने खाँंचो औंल्याए ।  

नेपाल घरेलु तथा साना उध्योग महासघका उपाध्यक्ष एवं ग्रील तथा स्टील ब्यवसायी महासघका पूर्व केन्द्रिय अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसाय अन्य ब्यवसायभन्दा बढी जोखिम भएको बताए । यसकारण  यस्ता तालिम प्रदान गरी दुर्घटना न्युनीकरणमा मद्धत पुग्ने बताए । 

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख अर्जुन सापकोटाले ग्रील ब्यवसायलाई ब्यवस्थित गरी उत्पादकत्व बढाउन र जोखिम घटाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि ग्रील ब्यवसाय क्षेत्रमा स्वास्थ शिबिर र अभिमुखीकरण तालिम आयोजना गर्ने उनले बताए । 

आयोजक महासघका उपाध्यक्ष समसुदिन शेखले बाताबरणमैत्री उद्योग सन्चालन गर्न यो तालिमले सहयोग पुग्ने बताए । कमलपोखरी इकाइ समितिका अध्यक्ष महेश ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष राजुलाल श्रेष्ठ, पूर्व क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, पश्चिम क्षेत्रीय अध्यक्ष शैलेश ठकुरीलगायतले तालिम ग्रील ब्यवसायिको लागि अति नै उपयोगी रहेकोले यसलाई निरंतरता दिन आग्रह गरे । काठमाडौ जिल्लाभित्र रहेका जिल्ला, क्षेत्र र १४ वटै इकाइ समितिका अध्यक्ष तथा पदाधिकरी सदस्य, ग्रील ब्यवसायी र श्रमिकको तालिममा सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन