२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गौरबाट पोखरा जाँदै गरेको बस चितवनमा दुर्घटना, १ को मृत्यु

२०८०, ४ चैत्र आईतवार ०३:०५

चैत ४, रौतहट | रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्।

चितवनको इच्छाकामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन।

अन्य घाइतेहरुमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३ वर्षीय हाकिम मिया, बसका यात्रु सर्लाही बरहथवा नगरपालिका मिलनचोकका २५ वर्षीया पूजा गुप्ता,  भारतको विहार  मजफरपुर जिल्लाका ३९ वर्षीया रिता गुप्ता, सोही जिल्ला रमनगराका ३२ वर्षीय अम्बरनाथ कुमारको  चितवन स्थित मेडिकल कलेजमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ।

बस चालक नवलपरासी कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङ सहित दुर्घटनामा परेको बस नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन