२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्तोषले दोस्रो पटक पाए ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र

२०८०, ५ चैत्र सोमबार ०७:३८

चैत ५, काठमाडौँ | संगीतकार सन्तोष श्रेष्ठले दोस्रो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका छन् ।

पहिलो पटक ५० देशका ५० भाषामा संगीतबद्ध गरिएको ‘ढुकढुकी भित्र तिम्रो’ गीतबाट र दोस्रो पटक विश्वको सबैभन्दा अग्लो स्थानमा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन तथा म्युजिक भिडियो छायांकन गरिएको गीत ‘तिलिचो ताल’बाट सन्तोषले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाएका हुन् । यी दुवै गीत डा. डी.आर. उपाध्यायले लेखेका हुन् ।

‘तिलिचो ताल..’ बोलको गीतको टिमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा गत शुक्रबार आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । गीत–संगीतको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन मिहिनेत गरेको राष्ट्रपति पौडेलले बधाई दिए ।


‘तिलिचो ताल’ गीत डा. डीआर उपाध्यायको रचना, सन्तोष श्रेष्ठको संगीत र सागर अधिकारीको स्वरमा छ ।

यो गीत मनाङ जिल्लामा अवस्थित तिलिचो तालभन्दा केही माथि (५ हजार १०५ मिटर उचाइ)मा प्रत्यक्ष रुपमा वाद्यवादन सहितको गायन, रेकर्डिङ र छायांकन गरिएको थियो ।

यो विधामा २०७६ असोज १० गते ४ हजार ७६८ मिटर उचाइमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । त्यसको दुई वर्ष अगाडि सन्चबहादुर राई लगायतको समूहले ४ हजार ८१३ मिटर उचाइमा रेकर्ड र छायांकन गरेर खरेल समूहको कीर्तिमान भंग गरेको थियो ।

यही सिलसिलामा २०७९ वैशाख ९ गते ५ हजार १०५ मिटर (१६ हजार ७४८ फिट २ इन्च) उचाइमा ‘तिलिचो ताल…’ बोलको गीतलाई रेकर्डिङ र छायांकन गरेर नयाँ विश्व रेकर्ड कायम भएको थियो ।

महेन्द्र चन्द ‘माइकल’को निर्देशन रहेको गीतको दृश्यमा पुष्प खड्का र श्रद्धा क्षेत्रीले अभिनय गरेका छन् । उत्सव दाहालले छायांकन गरेको श्रव्यदृश्यलाई सिलन लम्सालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना