रामदेव र आचार्य बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश

Posted on: 19 Mar, 2024

चैत ६, काठमाडौँ | भारतको सर्वोच्च अदालतले पतञ्जलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा पेस हुन आदेश दिएको छ ।

न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको संयुक्त इजलासले कम्पनीलाई अवमनना नोटिसको जवाफ नदिनुको कारणसमेत सोधेको छ ।

यो मामिला पतञ्जलि आयुर्वेदका औषधिहरूलाई लिएर प्रसारित विज्ञापनमा गरिएका ‘भ्रामक’ दाबीसँग सम्बन्धित छ । यसअघि पतञ्जलिका कानुन व्यवसायीले उक्त कम्पनीबाट त्यस्ता भ्रामक विज्ञापन नगरिने प्रतिबद्धता जनाएका थिए ।

गत नोभेम्बरमा अदालतमा यस्तो प्रतिबद्धता जनाइए पनि त्यस्ता विज्ञापन प्रसारित भइरहेको भन्दै फेरि मामिला अदालतमा पुगेको थियो । मङ्गलबार अदालतले अवमानना नोटिसको जवाफ नआएको भन्दै रामदेव र आचार्य बालकृष्णलाई अदालतमै पेस हुन आदेश दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!