आज बुधबार सुनको मूल्य स्थिर

Posted on: 20 Mar, 2024

चैत ७, रौतहट | सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!