१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, भागेर बाँचे छोरा

७ चैत्र २०८०, बुधबार ०७:५७

चैत ७, विराटनगर |  मोरङ बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए।

दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको दाहालले बताए।

घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो। उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको दाहालले बताए।


हत्याको कारण भने खुलिसकेको छैन। गीताको शवको मुचुल्का उठाउने काम भइरहेको छ। बमबहादुरको शव कोशी अस्पतालमा राखिएको छ।

दाहालका अनुसार बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए। उनीहरूका ८ वर्षीय एक जना छोरा छन्।

बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए। तर, उनी भने भागेर बाँचेका थिए।

‘कोठामा बुवाले आमालाई दाउ प्रहार गरेपछि आफूलाई पनि प्रहार गर्न खोज्दा भागेर जोगिएको बालकले बताएका छन्,’ दाहालले भने। बालकलाई चोटपटक लाग्न नपाएको दाहालले बताए।

मृतक दुबै स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए।

श्रमान्-श्रीमतीबीच दिनहुँजसो झगडा भइरहने गरेको प्रहरीले जनाएको छ। झगडा श्रीमानले श्रीमतीलाई बढी शंका गर्ने गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण