२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बारामा मृत अवस्थामा बाघ फेला

२०८०, ७ चैत्र बुधबार ०८:३१

चैत ७, बारा | बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । 

कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो । 

सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्को मोटाइ ३२ इन्च, टाउकोदेखि पुच्छरसम्मको लम्बाई ५८ इन्च, पन्जाको लम्बाई ४ इन्च, उचाइ ३० इन्च र उमेर अन्दाजी ३ वर्ष रहेको इलाका प्रहरी कार्यालय कोल्हबीका निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिए । उनका अनुसार पुच्छरको लम्बाइ १७ इन्च भएपनि काटिएको अवस्थामा ७ इन्च मात्रै बाँकी रहेको छ । 


त्यसैगरी माथिलो भागको बाङ्ग्ररा, ठूलो दात एउटा र सानो दात ४ वटा र एउटा ठूलो दात पनि भाचिएको छ । बाघको पछाडिको खुट्टाबाट एउटा नङ काटेर लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । निरीक्षक अधिकारीले सो घटना बारे थप अनुसन्धान भइरहेको बताए । 

पछिल्लो समय बारामा मृत अवस्थामा बाघ फेला पर्ने क्रम बढेको छ । यसअघि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वन समूहको जंगलमा गत महिना एउटा पाटे बाघ मृत अवस्थामा फेला परको थियो । त्यसैगरी २ महिनाअघि निजगढ ४ कै बाघ भैरव सामुदायिक वन क्षेत्रभित्र पनि एउटा चितुवा मृत अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना