किन नेपाल आउँदैछिन् ज्याकलिन फर्नान्डेज?

Posted on: 20 Mar, 2024

चैत ७, काठमाडौँ | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छिन्। उनी आरबी डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउन लागेकी हुन्।

आरबीले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा बलिउड अभिनेत्री नेपाल आउन लागेको जानकारी मंगलबार एक कार्यक्रमका बीच दिएको हो।


नेपालमा ज्याकलिनलाई शो स्टपर बनाउँदै आरबीले ३० मार्चमा ज्वेलरी रनवे गर्दैछ। त्यसदिन आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्ने जानकारी दिएको छ। 

सो रनवेमा हलिउड अभिनेता तथा मोडल किम गुडबर्न शो ओपनर बन्नेछन्। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन्।

एक भिडियो सन्देशमा  अभिनेत्री ज्याकलिनले कार्यक्रमका लागि आफू हर्षित रहेको ज्याकलिनले बताएकी छिन्। उनले सो भिडियो सन्देशमार्फत आफू कार्यक्रमको लागि आतुर रहेको बताइन्। 

किमले पनि भिडिओ सन्देशमार्फत नै कार्यक्रमको लागि आफू तयार भएको खबर पठाएका छन्।

ज्याकलिनको नेपाल आगमनको जानकारीसँगै आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। 

नयाँ लोगोसँगै आरबीले हिजै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ। नयाँ ब्रान्ड एम्बेसडरमा आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको बनाएको छ।

आरबी डायमण्ड ज्वेलर्स सन् १९९७ बाट सञ्चालनमा आएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!