१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रलोभनमा परी बिहे गरी मानव बेचबिखन तथा ठगी गर्ने व्यक्ति पक्राउ

८ चैत्र २०८०, बिहीबार १०:०२

चैत ८, काठमाडौँ | मानव बेचबिखनको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीको कावासोती नगरपालिका-८ घर भइ हाल पोखरा बस्दै आएका ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन्। 

काठमाडौंबाट पोखरामा साथी भेट्न जाने क्रममा उनले आफूसँगै सिट परको युवतीलाई विभिन्न प्रलोभन पारेर नजिक बनाएका थिए। उनले युवतीलाई 'आफू अविवाहित रहेको, तिमी मलाई मन पर्‍यो म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मृगौलाको उपचार गर्ने मैले डाक्टर चिनेको छु' भनेर बुटवल पुर्‍याएका थिए। उनले बुटवल पुर्‍याएर ती युवतीसँग विवाह गरेका थिए। 

उनले आफन्तहरुबाट सापट मागेर युवतीको बहिनीको उपचारका लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु भनेर ६ लाख रुपैयाँ लिएका थिए। विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटक पटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याएकोमा चेलिबेटी बेचबिखन विरुद्ध संस्थामा कार्यरत महिलाहरुले बेचबिखनमा पर्न सक्ने जानकारी गराएपश्चात नेपाल फर्की आएको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भक्तपुरको दुधपाटीबाट पक्राउ गरेको हो। 

पक्राउ परेका उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको ब्युरोका प्रवक्ता गौतम मिश्रले बताए। 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण