१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुमना अर्कैको प्रेममा परेपछि रिसाएका थिए बाबुराम, धनकुटाबाट धरान झरेर लिए ज्यान

९ चैत्र २०८०, शुक्रबार ११:०७

चैत ९, काठमाडौँ | सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।

धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो।  इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बाबुरामले सुमना हत्या स्वीकारेको जानकारी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। 

बाबुरामले प्रेममा खटपट आएकै कारण सुमनाको ज्यान लिन पुगेको बयान दिएको पनि भण्डारीले बताए।  प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार सुमना र धरान उपमहानगरपालिका वडा नं. १६ बस्दै आएका १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलबीच करिब २ वर्ष अघिदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध सुरु भएको थियो।


उनीहरू प्रेम सम्बन्धमा रहेकै बेलामा गत पुसदेखि सुमनाले धरानस्थित ग्लोब्लोरिन्समा काम गर्न थालेपछि त्यहीँ काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान भएको खुलेको छ। सुमना र प्रदीप एकआपसमा नजिक हुन थालेपछि फेसबुक आइडीसमेत एउटै चलाउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए। प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए। त्यहीकारण बाबुराम र सुमनाको सम्बन्धमा चिसोपना आएका कारण यो घटना हुन पुगेको भण्डारीले बताए।

सुमनासँगको सम्बन्धमा चिसोपना आएपछि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका थिए। त्यसपछि सुमनासँगको प्रेम सम्बन्धमा झनै चिसोपना आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुमनासँग सम्बन्धमा समस्या आइरहेका बेला बाबुराम यही मंगलबार धरान झरेका थिए। उनले धरान झरेर सुमनासँग  भेट पनि गरे। त्यसपछि उनले सुमनालाई आफ्नै स्कुटरमा सुमना श्रेष्ठलाई राखी चलाउन सिकाउन लगेको खुलेको छ।  स्कुटर चलाउन सिकाउँदै लाने क्रममा बाबुरामले घोपा क्याम्प र डिपोट स्कुलको बीचमा लगेर सुमनाको हत्या गरेको भण्डारीले बताए। 

उनका अनुसार मंगलबार राति ९ बजेको समयमा उनीहरूबीच सुमनाको फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएको खुलेको छ। सुमनाले आफ्नो फेसबुक प्रदीपलाई चलाउन दिएको कुरामा रिसाएका बाबुरामले त्यो दिन उनको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

'बावुराम भुजेलले योजनाअनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको देखियो', भण्डारीले भने, 'रातको समयमा सुमनाको हत्या गरेपछि उनी खुकुरीसमेत त्यहीँ फ्याँकेर रातारात भागेर धनकुटा पुगेछन्।' 

सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण