२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुमना अर्कैको प्रेममा परेपछि रिसाएका थिए बाबुराम, धनकुटाबाट धरान झरेर लिए ज्यान

२०८०, ९ चैत्र शुक्रबार ११:०७

चैत ९, काठमाडौँ | सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।

धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो।  इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बाबुरामले सुमना हत्या स्वीकारेको जानकारी प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। 

बाबुरामले प्रेममा खटपट आएकै कारण सुमनाको ज्यान लिन पुगेको बयान दिएको पनि भण्डारीले बताए।  प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार सुमना र धरान उपमहानगरपालिका वडा नं. १६ बस्दै आएका १९ वर्षीय सविन भन्ने बाबुराम भुजेलबीच करिब २ वर्ष अघिदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध सुरु भएको थियो।


उनीहरू प्रेम सम्बन्धमा रहेकै बेलामा गत पुसदेखि सुमनाले धरानस्थित ग्लोब्लोरिन्समा काम गर्न थालेपछि त्यहीँ काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान भएको खुलेको छ। सुमना र प्रदीप एकआपसमा नजिक हुन थालेपछि फेसबुक आइडीसमेत एउटै चलाउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए। प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए। त्यहीकारण बाबुराम र सुमनाको सम्बन्धमा चिसोपना आएका कारण यो घटना हुन पुगेको भण्डारीले बताए।

सुमनासँगको सम्बन्धमा चिसोपना आएपछि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका थिए। त्यसपछि सुमनासँगको प्रेम सम्बन्धमा झनै चिसोपना आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुमनासँग सम्बन्धमा समस्या आइरहेका बेला बाबुराम यही मंगलबार धरान झरेका थिए। उनले धरान झरेर सुमनासँग  भेट पनि गरे। त्यसपछि उनले सुमनालाई आफ्नै स्कुटरमा सुमना श्रेष्ठलाई राखी चलाउन सिकाउन लगेको खुलेको छ।  स्कुटर चलाउन सिकाउँदै लाने क्रममा बाबुरामले घोपा क्याम्प र डिपोट स्कुलको बीचमा लगेर सुमनाको हत्या गरेको भण्डारीले बताए। 

उनका अनुसार मंगलबार राति ९ बजेको समयमा उनीहरूबीच सुमनाको फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएको खुलेको छ। सुमनाले आफ्नो फेसबुक प्रदीपलाई चलाउन दिएको कुरामा रिसाएका बाबुरामले त्यो दिन उनको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

'बावुराम भुजेलले योजनाअनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको देखियो', भण्डारीले भने, 'रातको समयमा सुमनाको हत्या गरेपछि उनी खुकुरीसमेत त्यहीँ फ्याँकेर रातारात भागेर धनकुटा पुगेछन्।' 

सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना