१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

१० चैत्र २०८०, शनिबार ०६:०६

चैत १०, पोखरा | पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् ।

शनिबार विहान ६:२५ बजे म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो।

पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए।

बसमा २६ जना यात्रु सवार भएको र ६ जना चिनियाँ पर्यटक घाइते भएको उनले जानकारी दिए। घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन्।

घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ। ‘चालकलाई नियन्त्रणमा लिएका छौं। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, डिएसपी खाँणले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण