१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालनको माग

१० चैत्र २०८०, शनिबार ०७:५८

चैत १०, बागलुङ | विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङ लगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । त्यो बेला यहाँ नियमित रुपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका हुन् । बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो । 

विसं २०४८ मा बागलुङ सडक सञ्जालसँग जोडिएको हो । त्यसलगत्तै बलेवा विमानस्थलमा जहाज उड्न छाडे । विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ पालिकाको पहलमा २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आयो । तर त्यसले निरन्तरता भने पाउन सकेन । नौ महिनापछि धावनमार्ग कच्ची भएको कारण देखाएर विमानस्थलमा जहाज उडान बन्द भयो ।  

विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको रु सात करोडको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । कालोपत्र गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन् । बागलुङ नगरपालिका–१४ का सुरेन्द्र थापाले विमानस्थल सञ्चालनका लागि सरोकारवालाले ध्यान नदिएको गुनासो गरे ।

“हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए । पसिना बगाएर विमानस्थल निर्माण गरे । तर हवाईसेवा ठप्प छ”, उनले भने ।  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर छेउमै रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । विमानस्थल सञ्चालनमा ल्याउन सके यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने उनले बताए ।

बागलुङ बजारदेखि बलेवा विमानस्थल पुग्न १२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थल सञ्चालन गर्न कालीगण्डकी करिडोर कालोपत्र हुनुपर्ने बताए । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत, म्याग्दी लगायतका स्थानीयलाई सहज हुने र धौलागिरी क्षेत्रको पर्यटन विकासमा  टेवा पुग्ने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण