कलाकारले यसरी मनाए होली (तस्वीर)

Posted on: 24 Mar, 2024

चैत ११, काठमाडौँ | फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने सद्भावनाको पर्व होली आज देशको पहाडी भेगमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व तराईमा भने सोमबार मनाइँदैछ ।

फागु पूर्णिमामा एकापसमा रङ, अबीर दलेर रमाइलो मात्र गरिंदैन नाचगान पनि गरिन्छ । हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको जनविश्वास छ ।

कलाकारहरुले पनि आइतबार रङ साटासाट गर्दै फागुपर्व मनाएका छन् । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले परिवारसँग होली मनाए । उनले रङ साटासाट गर्दै परिवारसँग रमाइलो गरेको देख्न सकिन्छ ।अभिनेत्री केकी अधिकारीले काठमाडौंको मल्ल होटलमा होली समारोहको आयोजना गरिन् । प्रदर्शन तयारीमा रहेको आफू निर्मित फिल्म ‘बोक्सीको घर’को प्रवर्द्धन उद्देश्यले आयोजित कार्यक्रममा उनले रङ साटासाट गरेर होली मनाइन् । गायक प्रमोद खरेल र अभिनेता विराज भट्टले पनि परिवारसँग होली मनाएका छन् । अभिनेता राजेश हमाल र अभिनेत्री मनिषा कोइरालाले अष्ट्रेलियाको सिड्नीमा होली मनाएका छन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!