१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होलीको रंगमा झुमे पर्यटक (तस्बिरहरु)

११ चैत्र २०८०, आईतवार ०९:५३

चैत ११, पोखरा | थरीथरीका रङ दलेर रंगिन अनुहार। खुसीले मन्द मुस्कान। पञ्चेबाजाको तालमा उफ्रदै धित नमरुन्जेल नाँच्दै रमाइरहेका पर्यटक। डिजे म्युजिकको तालमा उस्तै जोसिलो ठुम्का।

पहिलो भेटमै पनि एकअर्कालाई रङ दल्दै रङमा घुलिएर आत्मियता साटासाटमा व्यस्त थिए। आइतबार पोखराको लेकसाइडमा रमाइरहेका विदेशी पर्यटकको दृश्यले होली पर्व हर्षोल्लासका साथ मनाएको पुष्टि गर्छ।

पोखरा घुम्न आएका पर्यटकलाई रंगिन पल बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो। रङहरुको पर्वमा झुम्न पाएका पर्यटकले होलीलाई यादगार बनाउँदै मनाएका छन्। नेपाल घुम्न आएको बेला संयोगले होली पर्व मनाउन पाएपछि पर्यटक दंगदास देखिन्थे।

पर्यटक मात्रै होइन, आइतबार पोखरा लेकसाइड पुगेका हरकोहीको मुहार रंगिचंगी थियो। एकअर्कालाई रङ दल्दै विदेशी र नेपाली पर्यटकले लेकसाइडको अम्बोटदेखि खहरेसम्म रमाउँदै पैदलयात्रा गरे।


लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, फुटट्रेक होली मनाउने पर्यटकले भरिभराउ बन्यो। संस्कृति र रितिरिवाज देश, भूगोल र सीमानाभन्दा माथि हुन्छ भन्ने उदाहरण पोखरामा आयोजना हुने होली पर्वको रौनकले देखाउँछ।

रेवान पोखराले वर्षेनी लेकसाइडमा होली उत्सव गर्दै आइरहेको छ। उत्सव नै आयोजना गरिदा होलीको उत्साह साट्ने थलोको पर्यायवाची लेकसाइड क्षेत्र बनको छ। पर्यटन व्यवसायी पनि पर्यटकको चहलपहल बढाउन होली उत्सवले सघाउनेमा एकमत छन्।


नेपाली सँस्कृतिसँग जोडिएको होली पर्व मनाउनै भनेर कतिपय विदेशी पर्यटक लेकसाइड आउने गरेका छन्। तर, होलीमा उच्छृंखल गतिविधि भने बढ्दै गइरहेको देखिन्छ।




 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण