२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ जना मृतावस्थामा फेला

२०८०, ११ चैत्र आईतवार ११:०८

चैत ११, काठमाडौँ | विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् ।  प्रहरी प्रधान कार्यालयका अनुसार     काठमाडौंको महानगरपालिका-१४ कलंकी बस्ने ६० वर्षीया शान्ती देवी खकुरेल आफ्नै घरको बाथरूममा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३ बेही पुल नजिक बस्ने २६ वर्षीय सदाम अंसारी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । भोजपुरको साल्पासिलिचो गाउँपालिका-३ चौकीडाँडा छौसा बस्ने ३७ वर्षीया सन्दिरा राई पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।     

यसैगरी कैलालीको मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेत चौकुने गाउँपालिका-३ घर भएका ४२ वर्षीय भक्त बहादुर राना मगर आइतबार मृत अवस्थामा फेला परेका छन् ।  धनकुटाको धनकुटा नगरपालिका-७ श्रीवानी बस्ने २४ वर्षीय सुरेश तामाङ पनि सोही ठाउँस्थित बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसैबीच सल्यानको शारदा नगरपालिका-१ शान्तिनगरस्थित शारदा खोलामा दाङ तुल्सिपुर उपमहानगरपालिका-१८ बस्ने ५९ वर्षीय दल बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना