१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘किरा’का कारण पोखरा विमानस्थल बन्द, तीन विमान काठमाडौं डाइभर्ट

११ चैत्र २०८०, आईतवार १२:१४

चैत ११, पोखरा | बदलिँदो मौसमसँगै विमानस्थलको धावनमार्गमा किरा निस्किएपछि आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टा बन्द भएको छ ।

किरा खान आएका चराको बथानका कारण बिहान ८ बजेदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १ बजेपछि जहाज अवतरण गर्न थालेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले बताइन् ।


सुवेदीका अनुसार पखेटा उम्रिएका किराहरू रनवेदेखि घाँसे मैदानमा देखिएपछि ती किरा खान आएका चीलले गर्दा विमानस्थलको उडान प्रभावित भएको थियो। एक्कासि देखिएका किरा धपाउन विमानस्थल प्रशासनले रनवे समेत पखालेको थियो। विमानस्थलको अग्नी नियन्त्रकबाट पानी हालेर धावनमार्ग पखालेपनि किरा र चराको समस्या समाधान गर्न हम्मेहम्मे परेको उनले बताइन्।

‘रनवे पखाल्दा किरा वरपरको घाँसे मैदानमा जान्छन्। चिलहरू पनि तीनलाई खान घाँसे मैदानमा जान्छन्। फेरी ती किराहरू रनवेमा आएपछि चिलको बथान पनि रनवेमा आउने गर्दा हैरान भयो,’ उनले भनिन्। 

प्रवक्ता सुवेदीका अनुसार आइतबार बिहान ८:०५ बजेदेखि ११:३० सम्म उडान र अवतरण बन्द गरिएको थियो । धावनमार्गमा रहेका किराफट्याङ्ग्रा विमानस्थलको दमकलबाट पानी फ्याँकेर सफा गरिएको थियो । साथै त्यसपछि चराहरू पनि धपाइएको थियो । तर किराको समस्या समाधान भएन। विमानस्थल खुल्ने र बन्द हुने गर्दा जहाज अवतरण सहज थिएन। दिउँसो साढे १ बजे मात्रै जहाज अवतरण गरेको हवाई कम्पनीले बताएका छन्।

८ बजेअघि भने यतिका २ र बुद्धको एउटा विमान पोखरामा अवतरण भएको थियो । सुवेदीका अनुसार यही समस्याले गर्दा काठमाडौंबाट पोखराका लागि उडेका तीनवटा विमान फेरी काठमाडौं नै डाइभर्ट भएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण