१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सय बर्ष पछि चन्द्रग्रहण तर नेपालमा भने देखिने छैन, तीन राशीलाइ फाइदा

१२ चैत्र २०८०, सोमबार ०२:५५

चैत १२, काठमाडौं | यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ। यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।

आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ।

चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराइ मधेसमा होली पनि मनाइन्छ ।

शास्त्रमा चन्द्रग्रहणको दिनलाई अशुभ मानिएको छ । यस दिन नकारात्मक शक्ति बढी सक्रिय हुने जनविश्वास रहेको छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ, आउनुहोस् जानौं  ।

मिथुनः चन्द्र ग्रहणको अवधिमा मिथुन राशिका व्यक्तिहरूले आर्थिक बल प्राप्त गर्नेछन्। यस राशिका व्यक्तिहरूले जुनसुकै क्षेत्रमा लगानी गर्दा मनग्य लाभ मिल्नेछ। साथसाथै उनीहरुको जीवनमा पनि खुसी रहनेछ । साथै, विद्यार्थीहरूले अध्ययनमा लाभ प्राप्त गर्नेछन्।

सिंह राशिः सिंह राशिका लागि ग्रहण शुभ रहनेछ । यो राशिका व्यक्तिहरूले नयाँ घर र कारमा लगानी गर्न सक्छन्। साथै, तिनीहरूको आर्थिक अवस्था बलियो हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। यसबाहेक लामो समयदेखि अधुरा रहेका कामहरू पनि पूरा हुनेछन् । यस्तो अवस्थामा यस राशिका व्यक्तिले भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुपर्छ ।

धनुः धनु राशिका लागि आजको दिन लाभदायी रहनेछ । यस दिन देवी लक्ष्मीको विशेष कृपा हुने र आफूले लगानी गरेको क्षेत्रमा सफलता मिल्ने जनविश्वास रहेको छ । साथै आर्थिक कठिनाइ पनि हट्नेछ । यस्तो अवस्थामा यस दिन धनकी देवीको आशीर्वाद अवश्य लिनुहोस्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण