करेन्ट लागेर नारायणी आँखा अस्पतालका ल्याव टेक्निसियनको मृत्यु

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  कृष्णनगर नगरपालिका–८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालका कर्मचारी देवराज विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।  

दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय विक सो अस्पतालमा ल्याव टेक्निसियन थिए ।  काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुँदा उनलाई करेन्ट लागेको थियो ।  

गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!