१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुर ग्याङफाइट : खाजाघर सञ्चालकले नै चक्कु हानेको खुलासा

१२ चैत्र २०८०, सोमबार ०८:३३

चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटी घटनामा खाजाघर सञ्चालकले नै दुई जनामाथि चक्कु प्रहार गरेको खुलेको छ ।

प्रहरीका अनुसार डिप ओपिना खाजाघरका सञ्चालक ३१ वर्षीय विनय राईको चक्कु प्रहारबाट रोबस राई र पूजन राईको मृत्यु भएको हो ।

दुई समूहको पुरानो रिसिइबीका कारण झडप भएको थियो । पूजनको समूह पहिलेदेखि नै त्यहाँ मदिरा सेवन गरिरहेको थियो । रोबसको समूह आएपछि विवाद सुरु भयो । पछि करिब १० बजे रोबसलाई फोन गरेर त्यहाँ बोलाइएको प्रहरीले जनाएको छ ।

रोबस आएपछि विवादले उग्र रूप लियो । उनले हातपात गर्न खोज्दा खाजाघर सञ्चालक विनयले चक्कु हानेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी स्रोतले बतायो ।

रोबसलाई चक्कु हानेपछि झगडा छुट्याउन खोज्दा पूजनलाई लागेको प्रहरी नियन्त्रणमा रहेकाहरूले बयान दिएका छन् ।

अहिले १२ जना प्रहरीको नियन्त्रणमा छन् । उनीहरूमाथि मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेकामध्ये ९ जना ललितपुरको स्थायी बासिन्दा हुन् । ३ जना भने उपत्यकाबाहिरका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण