२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फ्यानको निशानामा हार्दिक !

२०८०, १२ चैत्र सोमबार ०९:१६

चैत १२, काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो हारपछि टिमका नयाँ कप्तान हार्दिक पाण्ड्यालाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ ।

पाण्ड्याको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी मुम्बईका पूर्व कप्तान रोहित शर्माको फिल्डिङ पोजिसन परिवर्तन गरेको बताइरहेको देखिन्छ र रोहित यता उता दौडिरहेको देखिन्छ । यस भिडियोलाई फ्यानहरूले सामाजिक सञ्जालमा सेयर गर्दै हार्दिकलाई ट्रोल गरिरहेका छन् ।

यसअघि केही फ्यानले स्टेडियममा उनको नामको ठट्टा गरेको पनि देखिएका थिए । रोहितको समर्थनमा फ्यानहरू पोस्टरसहित स्टेडियम पुगेका थिए । जसमा ‘रोहित शर्मा क्याप्टेन फोरएभर’ र ‘मुम्बई चा राजा रोहित शर्मा’ जस्ता नारा लेखिएका थिए । 


हार्दिकले दुई सिजन गुजरात टाइटन्सको कप्तानी गरेपछि मुम्बई फर्किएका थिए । कप्तान बनाए देखि नै मुम्बई इण्डियनका फ्यानले उनलाई मन पराएका छैनन् ।  हार्दिकले शुरु देखि नै आलोचना खेपिरहेको बेला पहिलो खेलमा हार बेहोरेपछि उनलाई झनै ट्रोल गरिएको छ ।

यस सिजनको आइपिएलको पहिलो खेलमा हार्दिकले गरेको कप्तानीको समेत निकै आलोचना भएको छ । यस खेलमा हार्दिकले लिएका केहि निर्णयहरुलाई क्रिकेट विश्लेषकहरुले गलत भन्दै उनको आलोचना गरेका छन् । जसमा बुमराहको स्थानमा उनी आफैं पहिलो ओभर बलिङ गर्न आउनु र कुनै विकेट लिन नसक्नु, बुमराह जस्तो च्याम्पियन बलरलाई नयाँ बलले बलिङ गर्न नदिनु, साथै उनी समयमा ब्याटिंग गर्न नआउनुलाई पनि आलोचना गरिएको छ । उनी सातौं नम्बरमा आएर ४ बल मात्र खेल्दै ११ रन बनाएर आउट भएका थिए । उनी आउट भएपछि कप्तानको रुपमा जिम्मेवारी लिएर अगाडी आउनु पर्नेमा त्यसो गर्न नसकेको भन्दै उनको आलोचना भएको छ ।

यस खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरको थियो । मुम्बईले अब अर्को खेल आगामी बुधबार सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना