१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फ्यानको निशानामा हार्दिक !

१२ चैत्र २०८०, सोमबार ०९:१६

चैत १२, काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) ले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । यो हारपछि टिमका नयाँ कप्तान हार्दिक पाण्ड्यालाई सामाजिक सञ्जालमा निकै ट्रोल गरिएको छ ।

पाण्ड्याको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी मुम्बईका पूर्व कप्तान रोहित शर्माको फिल्डिङ पोजिसन परिवर्तन गरेको बताइरहेको देखिन्छ र रोहित यता उता दौडिरहेको देखिन्छ । यस भिडियोलाई फ्यानहरूले सामाजिक सञ्जालमा सेयर गर्दै हार्दिकलाई ट्रोल गरिरहेका छन् ।

यसअघि केही फ्यानले स्टेडियममा उनको नामको ठट्टा गरेको पनि देखिएका थिए । रोहितको समर्थनमा फ्यानहरू पोस्टरसहित स्टेडियम पुगेका थिए । जसमा ‘रोहित शर्मा क्याप्टेन फोरएभर’ र ‘मुम्बई चा राजा रोहित शर्मा’ जस्ता नारा लेखिएका थिए । 


हार्दिकले दुई सिजन गुजरात टाइटन्सको कप्तानी गरेपछि मुम्बई फर्किएका थिए । कप्तान बनाए देखि नै मुम्बई इण्डियनका फ्यानले उनलाई मन पराएका छैनन् ।  हार्दिकले शुरु देखि नै आलोचना खेपिरहेको बेला पहिलो खेलमा हार बेहोरेपछि उनलाई झनै ट्रोल गरिएको छ ।

यस सिजनको आइपिएलको पहिलो खेलमा हार्दिकले गरेको कप्तानीको समेत निकै आलोचना भएको छ । यस खेलमा हार्दिकले लिएका केहि निर्णयहरुलाई क्रिकेट विश्लेषकहरुले गलत भन्दै उनको आलोचना गरेका छन् । जसमा बुमराहको स्थानमा उनी आफैं पहिलो ओभर बलिङ गर्न आउनु र कुनै विकेट लिन नसक्नु, बुमराह जस्तो च्याम्पियन बलरलाई नयाँ बलले बलिङ गर्न नदिनु, साथै उनी समयमा ब्याटिंग गर्न नआउनुलाई पनि आलोचना गरिएको छ । उनी सातौं नम्बरमा आएर ४ बल मात्र खेल्दै ११ रन बनाएर आउट भएका थिए । उनी आउट भएपछि कप्तानको रुपमा जिम्मेवारी लिएर अगाडी आउनु पर्नेमा त्यसो गर्न नसकेको भन्दै उनको आलोचना भएको छ ।

यस खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरको थियो । मुम्बईले अब अर्को खेल आगामी बुधबार सनराइजर्स हैदरावादसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण