१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीकाे हत्या

१३ चैत्र २०८०, मंगलवार ०५:३२

चैत १३, काठमाडौँ | बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् ।

श्रीमतीले लुकाएर राखेकाे रकम श्रीमानले खर्च गरिदिएपछि विवाद भएकाे थियाे ।


बर्दियाको बाँसगढी घर भएका यी दुवैजन बाँकेको कोहलपुर १४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती  आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

‘हिजो राति साढे ९ बजेको घटना हो,राति नै १ अस्पताल पुयाएपनि बचाउन सकिएन,’ उनले भने,‘श्रीमतीले राखेको रकम खर्च गरेपछि विवाद भयो,अनि मैले हानेको हुँ भनेर अभियुक्तले स्वीकार गरेको अवस्था छ, सानो रकमको विषयमा भएको विवादले ज्यान लियो, भित्री कुरा केही रहेको भए अनुसन्धान हुँदैछ ।’

अनिल दम्पत्तिले पावर्तीपुरस्थित बागेश्वरी ह्ययम पाइप उद्योगमा काम गर्दै आएका थिए । उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण