२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरायसी विवादमा २२ वर्षीय युवकले गरे श्रीमतीकाे हत्या

२०८०, १३ चैत्र मंगलवार ०५:३२

चैत १३, काठमाडौँ | बाँकेमा २२ वर्षका एक युवाले श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं १४ बस्दै आएका २२ वर्षीय अनिल बिकले आफ्नै २१ वर्षीया श्रीमती सुशिला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । उनले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेका छन् ।

श्रीमतीले लुकाएर राखेकाे रकम श्रीमानले खर्च गरिदिएपछि विवाद भएकाे थियाे ।


बर्दियाको बाँसगढी घर भएका यी दुवैजन बाँकेको कोहलपुर १४ पावर्तीपुरमा बस्दै आएकोमा सोमबार राती  आपसी झगडामा अनिलले श्रीमती सुशिलामाथि धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको कोहलपुर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

गम्भीर घाइते भएकी सुशिलालाई नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

‘हिजो राति साढे ९ बजेको घटना हो,राति नै १ अस्पताल पुयाएपनि बचाउन सकिएन,’ उनले भने,‘श्रीमतीले राखेको रकम खर्च गरेपछि विवाद भयो,अनि मैले हानेको हुँ भनेर अभियुक्तले स्वीकार गरेको अवस्था छ, सानो रकमको विषयमा भएको विवादले ज्यान लियो, भित्री कुरा केही रहेको भए अनुसन्धान हुँदैछ ।’

अनिल दम्पत्तिले पावर्तीपुरस्थित बागेश्वरी ह्ययम पाइप उद्योगमा काम गर्दै आएका थिए । उद्योगको कामदार आवास क्षेत्रको कोठामा नै धारिलो हतियार प्रहार भएको प्रहरी निरीक्षक भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना