१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षती

१३ चैत्र २०८०, मंगलवार १०:१९

चैत १३, रौतहट | रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडास्थित यामाहा कम्पनीको स्पेयर पार्ट शो रुम कुशवाहा ईन्टरप्राईजेजमा गएराती भएको आगलागी बाट ६ करोडको क्षती भएको छ ।

गरुडा स्थित चिनीमिल गेट अगाडि रहेको कुशवाहा ईन्टरप्राईजेजमा राती करिब १२ बजे आगलागी भएको थियो। सोमवार रौतहटमा होली पर्व मनाईएकाले बिहानै देखि उक्त पसल बन्द गरेर सञ्चालक दिलीप कुशवाहा होली मनाउन घर गएका थिए। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार पसल रहेको तीनतले घरबाट आगोको मुस्लो हेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।


बिभिन्न ठाउँ बाट आएको दमकल, स्थानिय र नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियतामा आज बिहान पौने तीनबजे आगलागी नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन। पीडित सञ्चालक सञ्चालक दिलीप कुशवाहाका अनुसार सोरुममा रिपेयर गरी राखेको डेढ दर्जन मोटरसाईकल, ठूलो परिमाणमा यामाहा कम्पनीको सपेयर पार्ट्स पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागी बाट घरको नुकसानी समेत गरी ६ करोड भन्दा बढीको क्षती भएको पीडित कुशवाहाले बताएका छन। सोही घरमा रहेको यामाहा मोटरसाईकलको शोरुम केहीदिन अघि मात्र अन्यत्र सारिएको थियो। डिएसपी खनालले जिल्लामै सब भन्दा ठूलो स्पेयर पार्टको शोरुम उक्त पसलनै रहेको थियो।

आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ। घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण