१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुर ग्याङफाइट: चक्कु प्रहारपछि मोटरसाइकलमा भागेका थिए विजय, कसरी भयो घटना?

१३ चैत्र २०८०, मंगलवार १०:४०

चैत १३, काठमाडौँ | फागुपूर्णिमाको साँझ ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा भएको घटनाका आरोपितलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । पाँचथरको मिल्काजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका–१३ का २८ वर्षीय रेवश राईको हत्या आरोपमा पक्राउ गरिएका पाँचजनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले सार्वजनिक गरेको हो ।

घटना अनुसन्धानका क्रममा ललितपुर प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये हत्यामा पाँचजनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईले उनीहरूको हत्या गरेको खुलेको छ । ललितपुर प्रहरीका प्रमुख एवं एसएसपी शेखर खनालका अनुसार, विजयले पुजनको तिघ्रा र रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए ।

विजयसहित हत्यामा खोटाङको साकेलाकै ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का ३८ वर्षीय विशालहाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वरका २५ वर्षीय छेङ्बीहाङ राईको समेत संलग्नता खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार छन् ।


हत्या आरोपित र ज्यान गुमाएका राईद्वय चिनाजानकै साथीहरू समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरबाट बोलाएर रेवशको हत्या

घरबाट बोलाएर रेवशको हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । एसएसपी खनालका अनुसार, रेवशबाहेक अर्का मृतक पुजनसहितको समूह विजय राई, सुलभ राईले नै सञ्चालन गरेको डी पपिना रेस्टुरेन्टमा बसेर मदिरा सेवन गरिरहेका थिए ।

१५/२० जनाको समूह बसेर मदिरा सेवन गर्दै गर्दा दुई महिनाअघि र त्यसअघि तिहारमा धरानकै सहिल श्रेष्ठसँग भएको विवादबारे उनैले कुरा निकालेका थिए । सहिलसँग आरोपित छेङ्बीहाङ राईको विवाद भएको थियो । त्यही विषयले उग्ररूप लिँदा फेरि विवाद सिर्जना भयो । विवादसँगै झगडा हुने डरले रेस्टुरेन्टका सञ्चालक सुलभले छेङ्बीसहितको समूहलाई बाहिर निकालेका थिए ।

त्यो बेलासम्म विवाद सामान्य थियो । सुलभले रेस्टुरेन्टबाट बाहिर निकालेपछि भने छेङ्बीले रेवशलाई घरबाट बोलाए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, छेङ्बीहाङले रेवशलाई भनेका थिए, ‘दाइ, हामीलाई रेस्टुरेन्टका मान्छेहरूले हेपे । खाइरहेका बेला बाहिर निकाले । हामी बाहिर रोडमा बसेका छौँ ।’

रेवश रेस्टुरेन्टनजिकै बस्थे । ‘भाइहरूलाई हेप्ने ?’ भन्दै उनी विजयको रेस्टुरेन्टमा पुगे । छेङ्बीहाङसहितका युवा रेस्टुरेन्टबाहिर नै थिए । रेस्टुरेन्टको सटर बन्द थियो । विजय, सुलभसहितको एक समूह भित्र बसेर मदिरा सेवन गरिरहेको थियो । रेवश पुगेपछि बाहिरका युवा पनि सटर खोल्न लगाएर रेस्टुरेन्टभित्र छिरे । रेवशले ‘मेरा भाइहरूलाई हेप्ने को हो ?’ भन्दै धम्की दिए ।

हट्टाकट्टा रेवशसँग लड्ने हिम्मत अरूमा थिएन । रेस्टुरेन्ट सञ्चालक विजयले छेङ्बीहाङलाई ‘मान्छे बोलाएर ल्याउने ?’ भन्दै हातपात गरे । रेवशलाई बाहिर निकाल्न खोजे । तर, रेवशले विजयमाथि नै हातपात गर्न थाले ।

आफूमाथि हातपात गरिएको विजयलाई मन परेर । विजयले आफ्नो रेस्टुरेन्टको किचेनबाट चक्कु ल्याएर रेवशमाथि प्रहार गर्न खोजे । तर, विजयकै समूहका पुजनले चक्कु बोकेर आएका उनलाई रोक्न खोजे । त्यही बेला विजयले बोकेको चक्कु पुजनको तिग्घ्रामा धस्रिन पुग्यो । चक्कु लागेका पुजनलाई सुलभसहितको समूहले रेस्टुरेन्टभित्र लग्यो । तर, लामो समयसम्म रगत बन्न नरोकिएपछि उनको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पुजनपछि विजयले नै रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए । उनलाई छेङ्बीहाङ समूहले नै पाटन अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरियो ।

यस्तै, चक्कु लागेको करिब तीन घण्टापछि मात्र पुजनलाई सुलभले सुमेरु अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उनको पनि मृत्यु घोषणा गरियो ।

चक्कु प्रहारपछि मोटरसाइकलमा भागेका थिए विजय

रेवश र पुजनमाथि चक्कु प्रहार गर्ने विजय लागुऔषध कारोबारी समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लागुऔषध मुद्दामा प्रहरी वृत्त थानकोटले उनीमाथि मुद्दा चलाएको थियो । ०७५ सालमा लागुऔषधसहित पक्राउ परेका विजय दुई वर्ष जेलमा बसेर ०७७ सालमा छुटेको खुलेको छ ।

चक्कु प्रहारपछि विजयलाई राजु गुरुङले मोटरसाइकलमा राखेर भगाएका थिए । त्यसपछि उनी खुमलटारमा आफन्तको घरमा गएर सुतेका थिए । बिहान फर्कंदै गर्दा प्रहरीले पक्राउ गर्‍यो ।

आइतबार राति ११ बजेतिर घटनाबारे थाहा पाएलगत्तै ललितपुर प्रहरीका एसएसपी खनालसहितको टोली अनुसन्धानमा खटिएको थियो । दुईजनाको हत्या भएको ६ घण्टाभित्र प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण