२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ललितपुर ग्याङफाइट: चक्कु प्रहारपछि मोटरसाइकलमा भागेका थिए विजय, कसरी भयो घटना?

२०८०, १३ चैत्र मंगलवार १०:४०

चैत १३, काठमाडौँ | फागुपूर्णिमाको साँझ ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा भएको घटनाका आरोपितलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । पाँचथरको मिल्काजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका–१३ का २८ वर्षीय रेवश राईको हत्या आरोपमा पक्राउ गरिएका पाँचजनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले सार्वजनिक गरेको हो ।

घटना अनुसन्धानका क्रममा ललितपुर प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये हत्यामा पाँचजनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईले उनीहरूको हत्या गरेको खुलेको छ । ललितपुर प्रहरीका प्रमुख एवं एसएसपी शेखर खनालका अनुसार, विजयले पुजनको तिघ्रा र रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए ।

विजयसहित हत्यामा खोटाङको साकेलाकै ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का ३८ वर्षीय विशालहाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वरका २५ वर्षीय छेङ्बीहाङ राईको समेत संलग्नता खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार छन् ।


हत्या आरोपित र ज्यान गुमाएका राईद्वय चिनाजानकै साथीहरू समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

घरबाट बोलाएर रेवशको हत्या

घरबाट बोलाएर रेवशको हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । एसएसपी खनालका अनुसार, रेवशबाहेक अर्का मृतक पुजनसहितको समूह विजय राई, सुलभ राईले नै सञ्चालन गरेको डी पपिना रेस्टुरेन्टमा बसेर मदिरा सेवन गरिरहेका थिए ।

१५/२० जनाको समूह बसेर मदिरा सेवन गर्दै गर्दा दुई महिनाअघि र त्यसअघि तिहारमा धरानकै सहिल श्रेष्ठसँग भएको विवादबारे उनैले कुरा निकालेका थिए । सहिलसँग आरोपित छेङ्बीहाङ राईको विवाद भएको थियो । त्यही विषयले उग्ररूप लिँदा फेरि विवाद सिर्जना भयो । विवादसँगै झगडा हुने डरले रेस्टुरेन्टका सञ्चालक सुलभले छेङ्बीसहितको समूहलाई बाहिर निकालेका थिए ।

त्यो बेलासम्म विवाद सामान्य थियो । सुलभले रेस्टुरेन्टबाट बाहिर निकालेपछि भने छेङ्बीले रेवशलाई घरबाट बोलाए ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, छेङ्बीहाङले रेवशलाई भनेका थिए, ‘दाइ, हामीलाई रेस्टुरेन्टका मान्छेहरूले हेपे । खाइरहेका बेला बाहिर निकाले । हामी बाहिर रोडमा बसेका छौँ ।’

रेवश रेस्टुरेन्टनजिकै बस्थे । ‘भाइहरूलाई हेप्ने ?’ भन्दै उनी विजयको रेस्टुरेन्टमा पुगे । छेङ्बीहाङसहितका युवा रेस्टुरेन्टबाहिर नै थिए । रेस्टुरेन्टको सटर बन्द थियो । विजय, सुलभसहितको एक समूह भित्र बसेर मदिरा सेवन गरिरहेको थियो । रेवश पुगेपछि बाहिरका युवा पनि सटर खोल्न लगाएर रेस्टुरेन्टभित्र छिरे । रेवशले ‘मेरा भाइहरूलाई हेप्ने को हो ?’ भन्दै धम्की दिए ।

हट्टाकट्टा रेवशसँग लड्ने हिम्मत अरूमा थिएन । रेस्टुरेन्ट सञ्चालक विजयले छेङ्बीहाङलाई ‘मान्छे बोलाएर ल्याउने ?’ भन्दै हातपात गरे । रेवशलाई बाहिर निकाल्न खोजे । तर, रेवशले विजयमाथि नै हातपात गर्न थाले ।

आफूमाथि हातपात गरिएको विजयलाई मन परेर । विजयले आफ्नो रेस्टुरेन्टको किचेनबाट चक्कु ल्याएर रेवशमाथि प्रहार गर्न खोजे । तर, विजयकै समूहका पुजनले चक्कु बोकेर आएका उनलाई रोक्न खोजे । त्यही बेला विजयले बोकेको चक्कु पुजनको तिग्घ्रामा धस्रिन पुग्यो । चक्कु लागेका पुजनलाई सुलभसहितको समूहले रेस्टुरेन्टभित्र लग्यो । तर, लामो समयसम्म रगत बन्न नरोकिएपछि उनको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पुजनपछि विजयले नै रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए । उनलाई छेङ्बीहाङ समूहले नै पाटन अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरियो ।

यस्तै, चक्कु लागेको करिब तीन घण्टापछि मात्र पुजनलाई सुलभले सुमेरु अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उनको पनि मृत्यु घोषणा गरियो ।

चक्कु प्रहारपछि मोटरसाइकलमा भागेका थिए विजय

रेवश र पुजनमाथि चक्कु प्रहार गर्ने विजय लागुऔषध कारोबारी समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

लागुऔषध मुद्दामा प्रहरी वृत्त थानकोटले उनीमाथि मुद्दा चलाएको थियो । ०७५ सालमा लागुऔषधसहित पक्राउ परेका विजय दुई वर्ष जेलमा बसेर ०७७ सालमा छुटेको खुलेको छ ।

चक्कु प्रहारपछि विजयलाई राजु गुरुङले मोटरसाइकलमा राखेर भगाएका थिए । त्यसपछि उनी खुमलटारमा आफन्तको घरमा गएर सुतेका थिए । बिहान फर्कंदै गर्दा प्रहरीले पक्राउ गर्‍यो ।

आइतबार राति ११ बजेतिर घटनाबारे थाहा पाएलगत्तै ललितपुर प्रहरीका एसएसपी खनालसहितको टोली अनुसन्धानमा खटिएको थियो । दुईजनाको हत्या भएको ६ घण्टाभित्र प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना