१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालमा बार्षिक ३५ सय मेट्रिक टन मात्रै मह उत्पान, माग भने ८ हजार मेट्रिक टन

१३ चैत्र २०८०, मंगलवार ११:०७

चैत १३, सर्लाही | ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन’ भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ।

नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिकामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए ।


‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैं साथमा, खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारी’ को भन्ने कार्यक्रमको मूल नारा रहेको थियो । सर्लाहीमा करिब ३ सय जना मौरीपालक किसान रहेको भए पनि हाल १ सय जना सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेक्ट्रिक टन मह उत्पादन हुने गरेको छ। उत्पादित मह सर्लाहीसहित काठमाडौं देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य  हेमराज देवकोटाले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह उत्पादन हुने गरेको र उत्पादित मह डावर नेपाल र सालट्रिनिङलाई बिक्री वितरण गरिएको थियो । 

जलवायु परिवर्तन, वन विनाश (डडेलो) र किसान प्रति राज्यले गर्ने गरेको बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको केन्द्रीय सदस्य देवकोटाले बताए । पछिल्लो समय तेस्रो मुलुकबाट निर्बाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरी किसानहरूले बताए ।

नेपालमा वार्षिक ३ हजार ५ सय मेट्रिक टनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ  वार्षिक ८ हजार  मेट्रिक टन भन्दा बढी महको माग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण