२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

प्रवासमा रहेका म्याग्देलीद्वारा सामाजिक क्षेत्रमा सहयोग

२०७३, ६ कार्तिक शनिबार ०३:२९

कात्तिक ६, म्याग्दी । प्रवासमा रहेका म्याग्देलीले जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गरेका छन् । 

शुक्रबार बेनीमा ओमकुमारी शान्ति कोषको संयोजनमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्धार समिति बहराइन, मोना कतार र मोना दुवईलगायतका संस्थाले बाढी पहिरोपीडित, विपन्न परिवारका बिरामी, प्रवासमा ज्यान गुमाएकाको आफन्त, बाल क्लबलगायतलाई सहयोग गरेका हुन् ।

कार्यक्रममा म्याग्दी उद्धार समिति बहराइनले बेगखोलाका बाढीपीडितलाई रु ६० हजार, बादुक पहिरोपीडितलाई रु ३६ हजार १०० र देवीस्थानका पहिरोपीडितलाई रु १५ हजार सहयोग हस्तान्तरण गरेको छ । 

समितिका सल्लाहकार भरत रत्न र आजीवन सदस्य यामकुमार रानाले बेगखोला बाढीपहिरो पीडित राहत सहयोग व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद सिङ्जाली तथा देवीस्थानका पहिरोपीडितका आफन्त सूर्यलाल पुर्जालाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

उक्त कार्यक्रममा देवीस्थानका पहिरोपीडित दुई घर परिवारलाई मोना दुवईले उपलब्ध गराएको रु १० हजार ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले पीडितका आफन्त पुर्जालाई हस्तान्तरण गर्नुभएको थियो । यसैबीच कतारमा हृदयघात भई दिवङ्गत भएका बेनी नगरपालिका–१३ सोताका दिलबहादुर घर्तीका परिवारलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले रु ४८ हजार ५०० सहयोग गरेको छ । 

कार्यक्रममा मोनाका क्षेत्रीय उपाध्यक्ष बालकृष्ण खत्री, मोना कतारका निवर्तमान अध्यक्ष गणेशप्रसाद श्रेष्ठ र भोजबहादुर खत्रीले दिवङ्गत घर्तीका आफन्त सामना केसीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

यसैगरी बेनी नगरपालिका–५ जरबुटा माइत र ताकम–४ घर भएकी मिर्गौला रोगबाट पीडित विपन्न परिवारकी इन्द्रा खत्रीको उपचारका लागि कतारमा रहेका ताकम–९ काफलडाँडाका युवाले सङ्कलन गरेको रु १४ हजार ५५६ सहयोग रकम समन्वयकर्ता पत्रकार सन्तोष गौतमले ओमकुमारी शान्तिकोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । 

यसैबीच मोना कतारका निवर्तमान अध्यक्ष श्रेष्ठ र पूर्व अध्यक्ष विक्रम कार्कीले बेनी नगरपालिका–५ डम्मरामा रहेको सिर्जनशील बाल क्लबलाई रु २५ हजार मूल्य बराबरको एक थान डेक्सटप कम्प्युटर सहयोग गर्नुभएको छ । सहयोगदाता श्रेष्ठले क्लबका प्रमुख संरक्षक कृष्णबहादुर बानियाँलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन