२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पँधेरोमा नुहाउन गएकी पद्माको हत्या भएको अवस्थामा शव फेला, प्रहरी घटनास्थलमा

२०८०, १४ चैत्र बुधबार ०६:०१

चैत १४, पाल्पा । पाल्पामा एकजना युवतीको हत्या भएको छ। धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। रिब्दीकोट गाउँपालिका—१ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको घाँटी रेटेर विभत्स हत्या गरिएको हो । 

पद्मा हिजो दिउँसो घरबाट केही टाढा रहेको पँधेरोमा नुहाउन गएकी थिइन् । उनी अबेरसम्म पनि घर नफर्किएकाले खोजी गर्ने क्रममा विभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनी स्थानीय शारदा माध्यमिक विद्यायलयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

एकान्त स्थानमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा हत्या भएको अनुमान स्थानीयले गरेका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पद्याको शवमा धारिलो हतियारले काटेका घाउहरू देखिएका छन्। घटना मंगलबार दिउँसो ४ बजे भएको हुन सक्ने अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठलेले घटनाबारे बुधबार बिहानैदेखि स्थलगत अनुसन्धान भइरहेको जानकारी दिए। ‘हामी हिजो राती मात्र घटनास्थलमा आइपुगेका छौँ, घटनास्थलमा कुकुर परिचालन गरिएको छ’, उनले भने।

डिएसपी श्रेष्ठले घटनाको प्रारम्भिक मुचुल्का तयार गरिसकेको र पीडित परिवारसँग छलफल भइरहेको घटनास्थलबाट जानकारी दिएका हुन। ‘बाँकी कुराहरू पोस्टमार्टमको रिपोर्टबाट पनि आउने छ’, उनले भने। 

डिएसपी श्रेष्ठका अनुसार घटनास्थल पाल्पा सदरमुकाम तानसेनबाट गाडीमा डेढ घन्टाको दूरीमा पर्छ। घटनाको जानकारी मंगलबार ५ बजे जिल्ला प्रहरी कार्यालयमा आएको र प्रहरी टोली त्यहाँ पुग्दा अँध्यारो भइसकेकाले बुधबार बिहानैदेखि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना