१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटलका कामदार मृत फेला, हत्या गरिएको आरोप

१४ चैत्र २०८०, बुधबार ०७:५८

चैत १४, रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलका कामदार झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । चन्द्रपुर नगरपालिका– ५ स्थित मुस्कान होटलमा काम गर्दै आएका वडा ६ का ५० वर्षीय कृष्णप्रसाद घिमिरे झुन्डिएको अवस्थामा होटलमै मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी गौरव महतले मृतकको शव परिवारको सहमतिमा पोस्टमार्टमको लागि काठमाडौँ पठाइएको जानकारी दिएका छन्।  उनले पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्ने बताए।

पीडित परिवारले भने उनको हत्या गरिएको आरोप लगाएको छ। होटल धनीले ४ महिनाको तलब नदिएको भन्दै मृतक घिमिरेले सोमबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका थिए । मंगलबार होटलभित्रै झुन्डिएको अवस्था फेला पर्नु शङ्कास्पद रहेको पीडित परिवारको दाबी छ। 

घिमिरेको परिवारले होटल धनी गुजरा नगरपालिका ९ अम्तावा गाउँका हबीब मियाँ अन्सारीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दिएपछि उनी फरार भएका छन् ।  फरार अन्सारीको खोजी तथा घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण