२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भुकम्प प्रभावितहरुको लगत संकलनमा सघाउने सामाजिक परिचालकहरुका लागि तालिम, पहिलोचरणमा ५१ टोली परिचालन

२०७२, १८ माघ सोमबार १५:०२

 माघ १८, हेटौँडा ।
भुकम्प प्रभावित क्षेत्रमा आवास पुन ः निर्माणका लागि लगत संकलनमा सहयोग पु¥याउन सामाजिक परिचालकहरुका
लागि आजबाट मकवानपुरका अभिमुखीकरण सुरु भएको छ । भुकम्प प्रभावित आवास पुन ः निर्माण लगत सङ्कलन
व्यवस्थापन कार्य समूह मकवानपुरको आयोजनामा सुरु भएको अभिमुखीकरण तालिम भोलि सोमबारसम्म चल्नेछ

मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर
कार्कीको प्रमुख आतिथ्य तथा निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेलको अध्यक्षतामा भएको
कार्यक्रममा तालिमको उद्घाटन गरिएको थियो । तालिममा कार्यक्रममा मकवानपुरको आग्रा, टिष्टुङ्, नामटार,
गोगने,खैराङ्, मार्खु, फाखेल, कालिकाटार, भार्ता, डाडाखर्क, चित्लाङ्, कुलेखानी गाविस तथा थाहा
नगरपालिकाका गरी ५१ जना सामाजिक परिचालकको सहभागिता छ ।

भुकम्पबाट बढी प्रभावित मकवानपुरको
उत्तरीक्षेत्रमा लगत सङ्कलनका लागि स्थानीय स्तरमा सहयोग गर्ने सामाजिक परिचालकलाई प्रदान गरिएको
अभिमुखीकरणमा तथ्याङ्क कार्यालय मकवानपुरका प्रंमुख नवराज पौडेल, मोहनकुमार पुडासैनी, जिल्ला विकास
समिती मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिल्ला विकासका योजना प्रमुख किसन न्यौपानेले
सहजीकरण गरिरहनुभएको छ । ामाजिक परिचालनले लगत संकलनमा खटिएका इन्जिनियरहरुलाई सहयोग गर्ने छन्

भुकम्प प्रभावित जिल्लाहरुका आवासीय घरको क्षतिको विवरण संकलन, भूकम्प प्रभावित जिललाहरुका
परिवारहरुको आर्थिक सामाजिक विवरण संकलन र भूकम्प प्रभावित जिल्लाहरुका घर तथा परिवारहरुको विद्युतीय
तथ्यांकीय आधारहरु तयार गर्नु रहेको छ । तालिमपश्चात सामाजिक परिचालक र इन्जिनियरको टोलीले मंगलबारबाट
लगत संकलन कार्य सुरु गर्ने छन् ।

मकवानपुरका थप गाविस र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पछि
दुईचरणमा लगत संकलन गरिने तथ्यांक कार्यालयले जनाएको छ । लगत संकलनमा स्वास्थ्य अनुसन्धान तथा सामाजिक
विकास मञ्च हर्डले सहयोग पु¥याउँदै आएको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा लगत संकलन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ