२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सडकमा हिँडिरहेका दिनेश लागुऔषधसहित प्रहरी फन्दामा

२०७३, ६ कार्तिक शनिबार ०३:४०

कात्तिक ६, इटहरी । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका–३ स्थित सडकमा हिँडिरहेका तनमुना–५ का ३६ वर्षीय दिनेश उरावलाई शङ्का लागि शरीर खानतलासी गर्दा उनको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ । 

इलाका प्रहरी कार्यालय दुहवीबाट परिचालित गस्ती प्रहरी टोलीले शुक्रबार सडकमा चेकजाँच गर्ने क्रममा उनको साथबाट कोरेक्स १४७ बोतल र नाइटङोजन ट्याबलेट ३८९ वटा फेला परेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । 

पक्राउ परेका उरावलाई लागुऔषध ओसारपसार ऐनअन्तर्गत कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहवीले हिरासतमा लिएको बताइएको छ । 

विस्फोटक वस्तुसहित एक पक्राउ 

सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका क्षेत्रका सडकमा शुक्रबार साँझ परिचालित गस्ती प्रहरीले सडकमा चेकजाँच गर्ने क्रममा इटहरी–४ का शम्भु साहसुढीलाई ठूलो परिमाणमा विस्फोटक पद्धार्थसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । 

को२१प ३८९७ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका साहले मोटरसाइकलको पछाडि झोला र बोरामा राखेर ल्याएको मिनि बुलेट १० प्याकेट, बिग बुलेट १० प्याकेट, स्काइ मिनि १० प्याकेट कनरकोटी एक प्याकेट, सुप्रिम फ्लावर एक प्याकेट सुप्रिम अशोका एक प्याकेट बरामद गरिएको छ । 

पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा राखी कारबाही अघि बढाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर