२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलेसिया-काठमाडौं उडानमा फर्किदै एयर एसिया

२०८०, १५ चैत्र बिहीबार ११:५४

चैत १५, काठमाडौँ । एयर एसियाले नेपालमा पुन: उडान गर्ने तयारी गरेको छ।

एयरलाइन्सले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रयोग गरेबापतको बक्यौता रकम नतिरी उडान बन्द गरेको थियो। 


विगत चार वर्षदेखि नेपालका लागि एयर एसियाको उडान बन्द छ। तर अब भने यो एयरलाइन्सले नियमित उडानको तयारी थालिसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणमा एयर एसियाले २४ करोड रकम बक्यौता तिर्न बाँकी छ। 

बैंक ग्यारेन्टी ल्याएको र अहिले मासिक किस्ता बराबर एक करोड १५ लाख रूपैयाँका दरले भुक्तानी गरिरहेको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले  बताए। एयर एसियाले पहिलो महिनाको किस्ता बुझाइसकेको छ। 

'बक्यौता रकम बुझाउन थालिसकेको छ। यो भनेको उडानका लागि प्रारम्भिक तयारी थालेको हो,' उनले भने, 'अब छिट्टै एयर एसिया कमब्याक हुँदैछ।'  

एयर एसियाले २०६९ सालबाट नेपालमा व्यवसायिक उडान थालेको थियो। बन्द हुनुअघि एयरलाइन्सले दैनिक एक उडान गर्थ्यो। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना