१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शारीरिक अपाङ्गता भएकी किशोरीमाथि करणी गर्ने युवकविरुद्ध मुद्दा दर्ता

१६ चैत्र २०८०, शुक्रबार ०६:१६

चैत १६, रौतहट | बारामा सुस्त मनस्थिति भएकी बालिकालाई ललाइफकाई अनैतिक कार्य गर्ने एक युवकमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ।

बाराको कोल्हवी नगरपालिका-८ नयाबस्तिका ३० वर्षीय प्रकाश कार्कीमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको बारा प्रहरी प्रवक्ता डिएस्पी दधिराम न्यौपानेले बताए।

मुद्दा दर्तासँगै जिल्ला अदालत बाराबाट म्याद थमाएर कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए।

अहिले आरोपी जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ। अनुसन्धानपछि घटनाको पूर्ण विवरण आउने प्रहरी प्रवक्ता डिएस्पी न्यौपानेले जानकारी दिए।

बारा कोल्हवी नगरपालिका-८ काँटगाऊँका समबहादुर तामाङको सुस्तमनस्थितिकी छोरी रमिता तामाङलाई आफ्नै घरबाट यही चैत ८ गते ८ बजे राति अपहरण गरी दुई दिनसम्म दुर्व्यवहारसमेत गरेको मौखिक उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोलहबिले ४ दिनअघि आरोपी कार्कीलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाएको थियो।

पीडित बालिकाको स्वास्थ्य परीक्षणसमेत भइसकेको प्रहरीले जनाएको छ। बालिकालाई सुरुमा कलैयास्थित महिला बालबालिका सेवा केन्द्रमा लागिएको थियो। महिला सेल प्रमुख इन्स्पेक्टर बिमला कुमारी कठायतले प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि जिल्ला प्रहरीको जिम्मा लगाएको प्रहरी स्रोतले जनाएको छ।

उक्त घटनामा इलाका प्रहरी कार्यालय कोलबिका प्रमुख इन्स्पेक्टर भोलामान सिंह अधिकारीको सक्रियताले आरोपी उम्किन नसकेको स्थानीयहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण