गृहमन्त्रीले सहकारी पीडितलाई ललिपप खुवाएर घर पठाए : सांसद मिजार

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले सहकारी पीडितलाई न्याय दिलाउन सरकारले काम गर्न नसकेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सहकारी पीडितलाई गृहमन्त्री लामिछानेले आश्वासको ललिपप मात्र खुवाएर घर पठाएको बताइन् ।

‘गृहमन्त्रीज्यूले सहकारीबाट ठगीमा ३५ हजार भन्दा बढी सहकारी पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर घर पठाउनु भयो । तर सहकारी पीडितलाई न्याय दिलाउने कुरामा यो सरकारले सिन्को बाँचेको छैन,’ सांसद मिजारले भनिन् । 


उनले सहकारी ठगीमा जोडिएका जीबी राईलाई कहिले पक्राउ गर्ने भन्दै गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएकी थिइन् ।  ‘सहकारी ठगी गरेर भागेका जीवी राईलाई तत्काल पक्राउ गर्ने आश्वास दिनु भएको थियो । खै कहिले पक्रेर कारबाहीको दायरामा ल्याउनुहुन्छ रु जीवी राई कहाँ छन् ?,’ उनले भनिन् ।

गृहमन्त्री लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा सरकारी निकायले प्रस्टीकरण दिएर मुक्ति नमिल्ने सांसद मिजारको भनाइ छ । ‘गृहमन्त्रीमाथि लागेको आरोप सरकारी निकायले दिएको स्पस्टीकरणको भरमा उहाँले आरोपबाट उन्मुक्ति पाउने हो ? छानविनको दायरामा आउनु पर्दैन ?,’ उनको प्रश्न छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!