१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेस सांसदको प्रश्न : रुसको श्रम स्वीकृति दिएर सरकारले युवालाई मर्न जाऊ भनेको हो ?

१८ चैत्र २०८०, आईतवार ०७:५२

चैत १८, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले रुसमा श्रम स्वीकृति दिएर सरकारले के गर्न खोजेको भन्दै प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले रुसी सेनामा भर्ती भएकालाई नेपाल फर्काउन नसकेका बेला श्रम स्वीकृत दिने सरकारको नीतिबारे प्रश्न गरेकी हुन् । 


‘युवा धेरै भएको हो ? मर्नका लागि बाटो खुला गरेर पठाउने सरकारको चाहना हो ?,’ सांसद पौडेलको प्रश्न छ, ‘युद्धग्रस्त देशमा श्रमिक पठाउने काम बन्द गरोस् । मरे मर जाऊ, अरूको लागि लड, मर भन्ने कस्तो हो ? सरकारलाई प्रश्न छ ।’

उनले देशभर महिलाको हत्या भइरहेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन् । ‘युवतीको ज्यान गएको छ । हत्या गरिएको छ, गृहमन्त्री के हेरेर बस्नुभएको छ ? एक हप्तामा सात÷आठ जना युवतीको हत्या भएको छ, के हेरेर बसेको छ सरकार ,’ उनको प्रश्न छ । 

सांसद पौडेलले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियू) को महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलमा महिलाको ३३ प्रतिशत सहभागिता नगराइएकोमा सभामुखलाई प्रश्न गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण