इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको जनाएको हो ।

नेपाल सरकार र इजरायल सरकार बीच सम्पन्न श्रम सम्झौता वमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउँदै आइएको छ ।

हाल बी टु बीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भइ अध्ययन भइरहेकाले हाल इजाजतपत्रवाला संस्थाहरुबाट इजरायलका लागि कामदार भर्ना प्रकृया स्थगित गरिएको जनाएको छ ।

इजरायल भनाए प्रक्रियाका लागि कुनै निर्णय भएमा यस विभागको वेवसाइटमा सार्वजनिक रुपमा सूचना प्रकाशन समेत गरिने सूचनामा उल्लेख छ ।

इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैर कानूनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना यस विभागमा प्राप्त भएकोले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभागले अनुरोध गरेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!