१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल भ्रमणमा आउदै कतारका राजा अल थानी

१८ चैत्र २०८०, आईतवार ०९:२१

चैत १८, काठमाडौँ । कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणका क्रममा राजा शेख अप्रिल तेस्रो साता नेपाल आउन लागेका हुन् । यसअघि उनी आउने भनिए पनि भ्रमण कार्यक्रम स्थगित भएको थियो ।


यसपटक भने भ्रमणको मिति नै तय भइसकेको र एक दुई दिनमै औपचारिकरुपमा जानकारी दिने तयारी छ । मन्त्रालय स्रोतका अनुसार अप्रिल २३ मा आएर २४ मा फर्किने वा २४ मा आएर २५ मा फर्किनगरी दुवै मितिको बारेमा छलफल भएको छ ।

कतार नेपालको नेपाली श्रमिकहरुको गन्तब्य मुलुकसमेत भएकाले त्यहाँका राजाबाटै हुन लागेको उच्चस्तरीय भ्रमणलाई महत्व दिइएको छ । भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षरको तयारी समेत छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण