८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति

६ कार्तिक २०७३, शनिबार ०९:०७

कात्तिक ६, धनुषा । क्षिरेश्वरनाथ नगरपालिकामा गए राति एक कपडा पसलमा आगलागी हुँदा रु ८० लाखभन्दा बढी क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिनपा – ५ मुख्य बजार महेन्द्रनगरस्थित सत्यनाम वस्त्रालयमा गए राति ८ बजेदेखि भउको भीषण आगलागी स्थानीयवासी, नेपाल प्रहरी र नेपाल सेनाका जवान तथा जनकपुर उपमहानगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा करिब तीन घन्टाको प्रयासमा नियन्त्रण गरिएको थियो । 

पसलका सञ्चालक महोत्तरी, भङ्गहा– ४ प्रेमनगर निवासी रामउद्गार महतोका अनुसार आगलागीबाट करिब रु ८० लाख बराबरको विभिन्न किसिमका कपडा, साडी, सुट र करिब ६० हजार नगद जलेर क्षति भएको छ । 

डेढ वर्षअघि मात्र सञ्चालमा ल्याइएको सो वस्त्रालयले छोटो समयमा राम्रो बजार समात्न सफल भएको बताउँदै सञ्चालक महतोले तिहार र छठ पर्वलाई ध्यानमा राखी मालसमान गोदाममा राखिएको र पसलसँगै रहेको सो गोदाम समेतमा आगो लागेको हुँदा ठूलो क्षति भएको बताउनुभयो । 

इप्रका महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण सिंहले घटनास्थलको प्रकृति मुचुल्का उठाई आगलागी कसरी भएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको बताउनुभयो । पसल सञ्चालक महतोले बाहिरबाट कसैले आगो लगाइदिएको आशङ्का व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता