२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

कपडा पसलमा आगलागी हुँदा लाखौँको क्षति

२०७३, ६ कार्तिक शनिबार ०९:०७

कात्तिक ६, धनुषा । क्षिरेश्वरनाथ नगरपालिकामा गए राति एक कपडा पसलमा आगलागी हुँदा रु ८० लाखभन्दा बढी क्षति भएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षिनपा – ५ मुख्य बजार महेन्द्रनगरस्थित सत्यनाम वस्त्रालयमा गए राति ८ बजेदेखि भउको भीषण आगलागी स्थानीयवासी, नेपाल प्रहरी र नेपाल सेनाका जवान तथा जनकपुर उपमहानगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा करिब तीन घन्टाको प्रयासमा नियन्त्रण गरिएको थियो । 

पसलका सञ्चालक महोत्तरी, भङ्गहा– ४ प्रेमनगर निवासी रामउद्गार महतोका अनुसार आगलागीबाट करिब रु ८० लाख बराबरको विभिन्न किसिमका कपडा, साडी, सुट र करिब ६० हजार नगद जलेर क्षति भएको छ । 

डेढ वर्षअघि मात्र सञ्चालमा ल्याइएको सो वस्त्रालयले छोटो समयमा राम्रो बजार समात्न सफल भएको बताउँदै सञ्चालक महतोले तिहार र छठ पर्वलाई ध्यानमा राखी मालसमान गोदाममा राखिएको र पसलसँगै रहेको सो गोदाम समेतमा आगो लागेको हुँदा ठूलो क्षति भएको बताउनुभयो । 

इप्रका महेन्द्रनगर इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण सिंहले घटनास्थलको प्रकृति मुचुल्का उठाई आगलागी कसरी भएको भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको बताउनुभयो । पसल सञ्चालक महतोले बाहिरबाट कसैले आगो लगाइदिएको आशङ्का व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा